अग्नि सापकोटालाई पक्राउ गर्न सर्वोच्चमा रिट
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट (नेकपा)का सांसद अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले शुक्रवार सापकोटालाई सभामुख हुनका लागि योग्य नभएको जिकिर गर्दै उनलाई पक्राउ गरेर छानविन गर्न शुक्रवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
सर्वोच्चमा रिट विचाराधिन अवस्थामा रहेका सापकोटालाई फेरि सभामुखमा प्रस्ताव गरेको भन्दै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म संसद्को प्रक्रिया रोक्न त्रिपाठीले माग गरेका छन् । द्वन्द्वकालीन अवस्थामा तत्कालीन एमालेका स्थानीय नेता अर्जुन लामाको हत्या प्रकरणमा मृतककी पत्नी पूर्णिमा लामाले काभ्रे जिल्ला प्रशासनमा जाहेरी दिएकी छन् । उक्त जाहेरीका अनुसार काभ्रे प्रहरीले बयानका लागि सापकोटालाई बोलाएको छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए । सापकोटालाई तत्कालीन सञ्चारमन्त्री बनाएका बेला मन्त्री रोक्न माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगका पूर्व सदस्य सुशील प्याकुरेल, पत्रकार कनकमणि दीक्षितलगायत मानवअधिकारवादीले जाहेर गरेको रिट सर्वोच्चमा विचाराधिन छ । डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सापकोटा सूचना तथा सञ्चारमन्त्री नियुक्त भएका थिए । अघिल्लो रिटमा प्याकुरेललगायत निवेदकले मन्त्री र भविष्यमा कुनै पनि पदमा नियुक्ति नगर्न माग उक्त रिटमा थियो । अघिल्लो रिट भने सर्वोच्चको संवैधानिक इजलासमा विचाराधिन छ । नेता अर्जुन लामा हत्या अभियोग लागेका सांसद सापकोटाले सभामुखमा उम्मेदवारी दिएका छन् । सभामुख चयनका लागि माघ १२ गते प्रतिनिधिसभामा निर्वाचन हुँदैछ ।
प्रकाशित मितिः ११ माघ २०७६, शनिबार ०५:०६
साझा बिसौनी ।