प्रदेशस्तरीय सुरक्षा बैठक

सुर्खेत : कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठी शुक्रवारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गोष्ठीको आयोजना गरेका हुन् । दुईदिनसम्म चल्ने गोष्ठीको दोस्रो दिन आज (शनिवार) नेपाल सरकारका गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुँदैछन् । बैठकको पहिलो दिन गृह मन्त्रालयका महाशाखा प्रमुखहरूले विद्यमान सुरक्षा चुनौतीको विषयमा प्रस्तुती राखेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए । आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीको अध्यक्षतामा भएको बैठकमा कर्णाली प्रदेशका विभिन्न चारवटै सुरक्षा निकायका प्रमुख, प्रमुुख सचिव केवलप्रसाद भण्डारी लगायतको सहभागिता रहेको खड्काले बताए । गोष्ठीमा कर्णाली प्रदेशका सुरक्षा अवस्थाको विषयमा छलफल गरेको र भावी सुरक्षा रणनीतिसमेत तयार गर्ने योजना रहेको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ११ माघ २०७६, शनिबार ०५:०५