कांग्रेसमा बढ्दो विवाद
काठमाडौं : केन्द्रीय तहका नेता नआउँदा नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सुनसान छ । गुट, उपगुटले ग्रस्त पार्टीका केन्द्रीय तहका नेताहरू भने आफ्नै कार्यालय खोल्न कस्सिएका छन् । प्रायः नेताले आफ्नै घरबाट आफ्नो गुट चलाइरहेको बेला १४औं महाधिवेशनलाई लक्षित गरेर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अनामनगरमा सम्पर्क कार्यालय खोल्दैछन् । कार्यालय खोल्न उनले भवन भाडामा लिइसकेका छन् । केही दिनमै कार्यालय औपचारिकरूपमै सुरु गर्ने तयारी भएको पौडेल निकट स्रोतले बतायो ।
पार्टी सभापति शेरबहादुर देउवाले बहुमतको आधारमा आगामी महाधिवेशनको मिति तोके लगत्तै पार्टीभित्र आन्तरिक किचलो बढेसँगै उनलाई सभापतिमा टक्कर दिने नेताको खोजीसमेत सुरु भइरहेको छ । संस्थापनइतर समूहले देउवालाई टक्कर दिने एकल नेताको चयन भने गरिसकेका छैनन् । महामन्त्री शंशांक कोइराला र शेखर कोइराला आ–आफ्नै तरिकाले सभापतिको आशांक्षीको रूपमा महाधिवेशनको तयारी गरिरहेका छन् । आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारको रूपमा पौडेलको नाम पुछारतिर पुगेको बेला उनले छुट्टै कार्यालय नै खोलेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरेका हुन् ।
प्रकाशित मितिः ८ माघ २०७६, बुधबार ०८:०२
साझा बिसौनी ।