अग्नि सापकोटा सभामुखको उम्मेदवार
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार बसेको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । सद् सचिवायलमै कार्यरत कर्मचारीलाई यौन दुव्र्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । उनको राजीनामापछि नेकपामा कसलाई सभामुख उम्मेदवार बनाउने भन्ने कुरामा सहमति जुट्न सकेको थिएन । महरा नेकपाको पूर्व माओवादी खेमाको ‘कोटा’बाट सभामुख बनेका थिए । उनले राजीनामा गरेपछि यही खेमाबाट सभामुख हुनुपर्ने अडान अध्यक्ष पुष्पकमल दाहाललगायत पूर्वमाओवादी नेताहरूले राखेपछि नेकपाको ‘सभामुख महाभारत’ लम्बिएको थियो । सभामुख उम्मेदवार चयनका लागि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीच अनगिन्ती छलफल भए । तर, चार महिना अवधिका यी छलफलबाट पनि उम्मेदवार टुङ्गो लागेन । पूर्व समूह र आफू नजिकका नेतालाई सभामुख बनाउने ओली र दाहालको चाहनासँगै उनीहरू अनिर्णयको बन्दी बने । सभामुख निर्वाचनको पहिलो कार्यसूचीसहित पुस ४ गते बोलाइएको प्रतिनिधिसभाको बैठक तीन पटक स्थगित भएर माघ ६ गतेसम्म धकेलियो ।
संसद् बैठक सोमवार बस्दैछ । त्यसको एक दिन अगाडि आइतवार ओली र दाहाल सभामुखको उम्मेदवार तय गर्न सफल भए । नेकपाले संसद् बन्धक बनाएको भन्दै विपक्षी कांग्रेस र आफ्नै सांसदहरूको पनि अध्यक्षद्वयले चर्को आलोचना खेप्नुप¥यो । सभामुखमा राष्ट्रपतिको समेत चासो जोडिँदा अनिर्णयको बन्दी बनेका ओली र दाहालका लागि यो विषय झन् पेचिलो बन्यो । ओली पूर्वसभामुख नेम्वाङलाई र दाहाल सापकोटालाई सभामुख बनाउन चाहन्थे । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहना उप–सभामुख शिवमाया तुम्बाहाङफेलाई सभामुख बनाउने थियो ।
महराले गरेको गल्तीको सजाय आफूलाई दिन नमिल्ने भन्दै उप–सभामुख शिवमायाले पदबाट राजीनामा गर्न मानिनन् । नेकपा सचिवालयले राजीनामा दिन निर्देशन गर्दासमेत उनले त्यसलाई अस्वीकार गरिन् । आफूलाई स्वतः सभामुख बनाउनुपर्ने उनको माग थियो । उनको यो अडानले ओली र दाहाल थप दबाबमा परेका थिए । अन्ततः ओली र दाहालले स्थायी समिति सदस्य सापकोटालाई सभामुखको जिम्मेवारी सुम्पिने निर्णयलाई सचिवालय बैठकबाट पारित गराए । पूर्वमाओवादी समूह आफ्नो अडानबाट पछि नहटेपछि आइतवार बिहान भएको दुई अध्यक्षको भेटघाटमा ओली सापकोटालाई सभामुख उम्मेदवार बनाउन सहमत भए, जसलाई साँझ बसेको
सचिवालयले पारित गरेको हो ।
साझा बिसौनी ।