सुर्खेत कांग्रेसको बैठक

सुर्खेत, १६ चैत । (साबिस)
नेपाली कांग्रेस सुर्खेतको १३ औं जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठक मंगलवार बसेको छ । नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले बधाई र श्रद्धाञ्जली सम्बन्धी चार वटा निर्णय गरेको छ । सभापति कमलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकले अधिवेशनहरू सफल बनाउन सहयोग गर्ने मतदाता, निर्वाचन मण्डल, भ्रातृ तथा शुभेच्छुक सङ्गठन लगायत सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ । यस्तै १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा सुर्खेतबाट प्रतिनिधित्व गर्नुहुने सांसदद्वय पूर्णबहादुर खड्का र हृदयराम थानी पनि खुल्लातर्फ र प्रदेश केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा बैठकले बधाई ज्ञापन गर्दै पूर्ण कार्यकालको कामना गरेको छ ।