वार्षिकोत्सवमा रक्तदान

सुर्खेत : राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५५औं वार्षिकोत्सवका अवसरमा शनिवार वीरेन्द्रनगरमा प्रभातफेरी तथा रक्तदान गरिएको छ । वाणिज्य बैंक कर्णाली प्रदेश कार्यालय सुर्खेतको आयोजनामा कार्यक्रम गरिएको थियो ।

बैंकको प्रादेशिक कार्यालयबाट सुरु भएको प्रभातफेरी मंगलगढी चोक, शाखा कार्यालय हुँदै वीरेन्द्रचोकमा पुगेर सभामा परिणत भएको थियो । सोही अवसरमा रक्तदान समेत गरिएको थियो । रक्तदानको बैंकका प्रादेशिक कार्यालय प्रमुख रामकुमार थापाले उद्घाटन गरेका थिए । कार्यक्रममा बैंक शाखा सुर्खेतका प्रबन्धक लिलाराम ढुङ्गाना, मेहलकुना शाखा प्रमुख चिरञ्जीवि गिरी, दैलेख शाखा प्रमुख चेतन बिसी, दुल्लू शाखा प्रमुख कृष्णप्रसाद उपाध्याय, चौरजहारी शाखा प्रमुख हिक्मतबहादुर कार्कीसहित १५ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मितिः   ५ माघ २०७६, आईतवार १०:१४