संयोजकमा आचार्य

tikaramबिसौनी संवाददाता
सुर्खेत, २३ साउन ।
शिक्षा लागि राष्ट्रिय अभियान नेपाल जिल्ला समन्वयन समिति सुर्खेतको संयोजकमा पुनः स्याक नेपालका टीकाराम आचार्य चयन भएका छन् । समितिको आइतवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो साधारणसभाले आचार्यको संयोजकत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
७ सदस्यीय नयाँ कार्यसमितिको सदस्यमा पवित्रा शाही, भुपेन्द्र कँडेल, खेमराज पौडेल, मधुरानी ढकाल, दिपक बुढा, विवेक शाही र अकवर खान चयन भएका छन् । संयोजक आचार्यले जिल्लाको शैक्षिक विकासमा टेवा पु¥याउनका लागि आफूहरूले अभियान सञ्चालन गर्ने बताए ।