चिल्ड्रेन्स प्याराडाइज अन्तर्राष्ट्रिय सञ्जालमा

सुर्खेत : वीरेन्द्रनगरमा रहेको चिल्डे«न्स प्याराडाइज स्कुल अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएको छ । जेआईई स्कुल नेटवर्क र सार्क फाउण्डेशन नेपालसँग आवद्ध भएसँगै चिल्ड्रेन्स अन्तर्राष्ट्रिय सञ्जालमा जोडिएको हो । विद्यालयको मंगलवार वीरेन्द्रनगरमा सम्पन्न १६आंै साधारणसभामा दिइएको जानकारी अनुसार दुवै निकायसँग सम्झौता भइसकेको छ । अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शिक्षण विधि अबलम्बन गर्दै शैक्षिक गुणस्तरमा ठूलो परिवर्तन ल्याउन विद्यालय लागिरहेको विद्यालयका प्रबन्ध सञ्चालक यदु ज्ञवालीले जनाए । साथै उनले आधुनिक प्रविधिमैत्री शिक्षण पद्धतिलाई अबलम्बन गरिने समेत जानकारी दिए ।

विद्यालयले आर्थिक वर्ष २०७७/०७८ का लागि सात करोड ९२ लाख बराबरको बजेट र कार्यक्रम प्रस्ताव समेत गरेको छ । जस अन्तर्गत ५९ वटा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । प्रविधियुक्त बनाउने, विभिन्न क्षेत्रका विज्ञ तथा विशेषज्ञहरूमार्फत अतिथि कक्षाहरू सञ्चालन गर्ने लगायत विविध कार्यक्रम रहेको विद्यालयले जनाएको छ । साधारणसभा विद्यालयका सञ्चालक समिति अध्यक्ष सरद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   १ माघ २०७६, बुधबार ०९:१३