सुत्केरीलाई गाउँपालिकाको पोषण कोसेली


सुर्खेत : सुुर्खेतको सिम्ता गाउँपालिकाले सुुत्केरी र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा सुधार ल्याउने उद्देश्यले ‘सुत्केरी महिलाहरूलाई उपाध्यक्षको कोसेली’ कार्यक्रम ल्याएको छ । स्वास्थ्य संस्थामा आएर सुत्केरी हुुने महिलाहरूलाई पोषण कोसेली उपहार दिन थालिएको हो । गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला शाहीले सुत्केरी महिलाहरूलाई प्रोत्साहन स्वरूप दिइएको पोषण कोसेली वितरण गरिएको जानकारी दिइन् ।

जनतासँग सिम्ता गाउँपालिका अन्तर्गत सुत्केरी महिलाहरूलाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरिएको हो । यो कार्यक्रमले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य र पोषणमा सुधार ल्याउनुका साथै स्वास्थ्य संस्थामा नै आएर सुत्केरी हुुनेको संख्यामा वृद्धि हुने विश्वास गाउँपालिकाको छ । अझै पनि महिलाहरू स्वास्थ्य संस्थामा नआएर घरमै सुत्केरी हुुने गर्छन् । स्वास्थ्य संस्थामा आएर नियमित चेकजाँच गर्ने र स्वास्थ्य संस्थामा आएर सुत्केरी हुुने तथा पोषणयुक्त खानपानमा प्रोत्साहन होस् भनेर कार्यक्रम सबै वडामा सञ्चालन गरिएको उनको भनाइ छ ।

सुुत्केरी महिलाहरूलाई उपाध्यक्षको पोषण कोसेलीमा अण्डा, फलफूल र सरसफाइका सामग्री पनि दिइएको छ । हालसम्म गाउँपालिकाको वडा नं. ३, ४ र ६ मा गरेर एकसय १६ जना सुत्केरीहरूलाई पोषण कोसेली वितरण गरिएको छ । उपाध्यक्ष शाहीका अनुसार गाउँपालिकाको वडा नं. ३ आग्रीगाउँमा ९ जना, वडा नं. ४ बजेडीचौरमा ४ जना र वडा नं. ६ राकममा ८४ जना सुत्केरी महिलालाई पोषण कोसेली वितरण गरिएको हो । चालु आर्थिक वर्षको साउन यता सुत्केरी भएका महिलाहरूलाई पोषण कासेली दिइएको हो । अन्य वडामा पनि वितरण गरिने उनले जानकारी दिइन् । गाउँपालिकाले चालुु आर्थिक वर्षमा सुुत्केरी महिलाहरूलाई उपाध्यक्षको कोसेली कार्यक्रम लागि पाँच लाख बजेट विनियोजन गरेको थियो ।

कर्णाली प्रदेश सरकारले यसै वर्षदेखि सुत्केरी महिलाहरूलाई दुुई हजार भत्ता दिएकाले उक्त रकमसँगै गाउँपालिकाले पोषण कोसेली वितरण गरेको उपाध्यक्ष शाहीले जानकारी दिइन् । उनले पोषण कोसेली वितरणसँगै सुत्केरी महिलाहरूलाई पौष्टिक आहार सम्बन्धी जानकारी र खानपान शैली परिवर्तनका लागि सुझाव दिने गरिएको पनि उल्लेख गरिन । गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूबाट पनि सुत्केरी महिला र नवजात शिशुलाई न्यानो कपडा, पोषिलो खानेकुरा दिने गरिएको जनाइएको छ ।

प्रकाशित मितिः   २९ पुष २०७६, मंगलवार ०९:०२