‘सानैदेखि सामाजिक कार्यमा सक्रिय शर्मिला’

                                            शर्मिला बिसी

शर्मिला बिसी कोपिला भ्याली सुुर्खेतमा मनोसामाजिक परामर्शदाताको रूपमा कार्यरत छिन् । बुुवा नेकबहादुर बिसी र आमा चन्द्राकला बिसीको सन्तानका रूपमा गुुर्भाकोट नगरपालिकाको मेहेलकुुनामा उनको जन्म भयो । उनी महिला तथा बालबालिकाको अधिकारको क्षेत्रमा २०६१ सालदेखि सक्रिय भएर लागेकी छिन् । सामाजिक कार्यमा सक्रिय बिसीले आफ्नो बाल्यकालको कथा हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन्ः

मेरो सम्पूूर्ण बाल्यकाल सुुर्खेतको गुुर्भाकोट नगरपालिकाको मेहेलकुुनामा बित्यो । अहिले त वीरेन्द्रनगरमै बसाइँ छ । म घरको पहिलो सन्तान । मेरो बुुवा–आमाले मेहेलकुुना बजारमा सामान्य नास्ता पसल गर्नुहुुन्थ्यो । बुुवा–आमाले आफू नपढेको भएर होला हामीलाई जहिले पनि पढाइमा जोड गर्नुहुन्थ्यो । म घरको पहिलो सन्तान भएकाले सानैदेखि जिम्मेवारी थियो । त्यसैले पनि खेल्ने र रमाउनेतर्फ भने त्यति ध्यान गएन । भाइबहिनी हेर्ने, पसलको काममा बुुवा–आमालाई सघाउने काम मैले गर्थें । पानी बोक्ने, सरसफाइमा बुुवा–आमालाई सघाउनुुपर्ने हुुन्थ्यो । भेरी नदीबाट पानी बोकेर ल्याउनुु पथ्र्यो । नास्ता पसलमा काम गर्ने मान्छेहरू पाइदैन्थे । घर नजिकै विद्यालय भएकोले बुवा–आमालाई काममा सघाएर विद्यालय जान खासै समस्या थिएन । तर घरमा पढाइमा पूरा समय भने दिन सकिदैन्थ्यो । मेहेलकुना बजारस्थित सूर्यज्योति माध्यमिक विद्यालयमा औपचारिक शिक्षा सुरु भएको हो । मैले त्यही विद्यालयबाट एसएलसीसम्म अध्ययन गरेको हुुँ ।

बाल्यकालमै हामी बालअधिकारको विषयमा धेरै बुुझ्ने अवसर पायौं । सेभ द चिल्डे«नमा बालबालिका सम्बन्धी कार्यक्रम थियो । त्यसमा आवाज संस्थाका अध्यक्ष इरादा गौतम र सेभ द चिल्डे«नबाट राजु खनाल सर जानुुहुुन्थ्यो । हामीलाई बालअधिकारसँगसँगै कर्तव्यका कुराहरू पनि सिकाइन्थ्यो । म आठ वर्षको हुुँदा नै बाल क्लबको सदस्य भएको थिएँ । संस्थाबाट हामीलाई बालपत्रिका मुुना र सुनकेसरा पढ्न दिइन्थ्यो । पत्रिका थोरै भएकोले सबैले पालैपालो गरी पढ्नुुपर्ने हुुन्थ्यो । मेरो घर सबैभन्दा छेउ भएकाले अन्तिममा पढ्न पाउँथे । हामी महिनाको एक दिन बाल क्लबको बैठक बस्ने गथ्र्यौं । महिनाको पाँच रूपैयाँ उठाउँथ्यौं । त्यसबाट हामीलाई चाहिने केही सामानहरू किन्ने गरिन्थ्यो । केही कुरामा बोलिहाल्ने, क्लबहरूको बैठकमा जाने र क्लबबाट विभिन्न गतिविधिमा सहभागी हुुन्थें ।

हामीले बाल क्लबबाट गाउँमा बालविवाह गर्नुहुन्न भनेर अभियान नै चलाएका थियौं । कही बालविवाह भएको थाहा पाए रोक्न पुुग्ने गथ्र्यौं । बालबालिकालाई श्रम शोषण गर्नुुहुन्न भनेर बुवा–आमालाई भन्ने गथ्र्यौं । एक पटक क्लबमा बालश्रम शोषण गर्नुहुुन्न भनेर हामीलाई जानकारी दिइएको थियो । मैले घरमा आएर आमालाई हजुरहरूले हामीलाई काम गराउन मिल्दैन, किन काम लगाउनुु भएको भनेर झगडा गरेको त झन् आमाले मलाई भोलिबाट क्लबमा जानै दिनुु भएन । पछि सरहरूले घरमा यसरी काम गर्दा श्रमशोषण हुुन्न भनेर बुझाएपछि जान थालें । कक्षा ८ मा पढ्दा पहिलो पटक वीरेन्द्रनगरमा आएर बालबालिकाको भेलामा सहभागी हुुने अवसर पाएँ । त्यसबेलामा म जिल्ला बाल सञ्जालको सदस्य भएँ । बाल दिवसको समयमा हामीले विभिन्न कार्यक्रमहरू पनि गर्ने गथ्र्यौं ।

मलाई नाच्न मन पथ्र्यो । विद्यालयमा हुुने हरेक अतिरिक्त क्रियाकलापमा सहभागी हुुन मन पथ्र्यो । घरको कामले कहिलेकाहीँ सहभागिता जनाउन पाउँदिनथिएँ । सहभागी भएपछि कुुुनै–कुुनै स्थानमा आइहाल्थें । पछि त अलि ठूलो हुुँदै गएपछि काम छिटो छिटो सकाएर जान्थें । भाइबहिनीहरूलाई पनिसँगै विद्यालय लिएर जानुुपथ्र्यो । घरको कामले भाग लिने मन हुुँदाहुुँदै पनि पाउँदिनथिएँ । विद्यालयमा म बाल समितिको सचिव थिएँ । हामी सामाजिक कार्यमा संलग्न हुुन्थ्यौं । बाल्यकालमा यो नै बन्छुु भन्ने थिएन तर मलाई दुुई वटा कुरा चाहिँ मैले गर्नुपर्छ भन्ने लाग्थ्यो । पहिलो त मैले आफै कमाउनुुपर्छ । आत्मनिर्भर हुुनुपर्छ भन्ने थियो । समाजमा महिलामाथि हुुने हिंसा देखेर पछि मैले आफै कमाएर आत्मनिर्भर हुुनुपर्छ भन्ने सोच्ने गर्थें । दोस्रो, हामीलाई बालअधिकार सम्बन्धी जानकारी दिन आउने सर÷म्यामहरूबाट धेरै प्रभावित भएको थिएँ । त्यसैले मैलेपछि यसैगरी अरुलाई कक्षा दिनुुपर्छ भन्ने सोच्थेँ ।

पहिले समाजमा सानै उमेरमा बुुवा–आमाले नै विवाह गरिदिने चलन थियो । तर हामीलाई बुुवा–आमाले कहिले पनि कर गर्नुभएन । उमेर पुुगेर नागरिकता बनाएपछि र आत्मनिर्भर भएपछि मात्र विवाह गर्न सल्लाह दिनुुहुन्थ्यो । सानै उमेरमा विवाह गरेका कसैको घरबाट नागरिकता नबनाइदिएको, नागरिकता भएकाको घरबार भएन भने थर परिवर्तन गर्नु परेको र दुःख हुुने कुराहरू हामीलाई बुुवाले भनिरहनुुहुन्थ्यो । हामीलाई बुवा–आमाले कहिले पनि महिनावारी भएको समयमा बार्न पठाउनुु भएन । हामी उपाध्याय ब्राह्मण भएकै समुुदायमा थियौं । हामीलाई महिनावारी भएका छन् कि भनेर सोध्ने पनि गर्थे तर आमाले थाहा नदिनुु भन्नुुहुन्थ्यो । यसै त हामी उपाध्याय बाहुुनको चुलोमा जान पाउँदैन्थ्यौं ।

बाल्यकाल विशेष लाग्ने गथ्र्यो । किनभने वर्षमा एक पटक नयाँ कपडा पाइन्थ्यो । त्यहीँ पनि चाडपर्वको समयमा । कहिले तीज, दशैं आउँला भन्ने गथ्र्यौं । बुवा–आमाले हामी तीन बहिनीलाई एउटै रङ्गको कपडा किनिदिनुहुुन्थ्यो । कहिलेकाहीँ त विद्यालय डे«स समेत चाडपर्वमा किनिदिनुहुन्थ्यो । अहिलेको जसरी जहिले पनि किन्ने हुुन्थेन । तिहारमा धेरै देउसी–भैली खेल्थ्यौं । रमाइलो हुुन्थ्यो ।

एसएलसीपछि उच्च शिक्षा अध्ययनका लागि वीरेन्द्रनगर आएँ । साथै मैले म सामाजिक संघ–संस्थामै आवद्ध भएर काम गर्ने अवसर पाएँ । २०६१ सालदेखि मैले आवाज संस्थामा स्वयम्सेवकका रूपमा काम गरें । मैले गाउँमा घरेलु हिंसा पीडित महिला, अप्ठेरोमा परेका बालबालिकाको विषयमा आवाजमा जानकारी दिने गर्थें । आवाज संस्थामा हाम्रो नाट्य समूह थियो । त्यसबाट सामाजिक विकृतिविरुद्ध सडक नाटक देखाउने गथ्र्यौं । दैलेख, बाँके, बर्दियासम्म सडक नाटक देखाउन जान्थ्यौं । पछि मैले २०६४ सालदेखि आवाज संस्थामा कर्मचारीकै रूपमा काम गर्न सुरु गरें । झण्डै १० वर्ष आवाजमा आवद्ध भएर काम गरें । एक वर्ष ग्लोबल एक्सन नेपालमा काम गरेपछि पछिल्लो समय कोपिला भ्याली सुर्खेतमा पाँचवर्षदेखि साइकोसोसल काउन्सलर म्यानेजरको रूपमा कार्यरत छुु । यहाँ मानोसामाजिक परामर्शसँगै मैले हिंसापीडित महिलाहरूलाई आत्मजागरण सम्बन्धी तालिम दिने काम पनि गर्छु । साथै महिला मानवअधिकार रक्षक सञ्जाल सुुर्खेतको सचिव, सामुुदायिक सुधार संस्थामा महिला तथा बालबालिका संयोजक, लंैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समिति, समुुदाय प्रहरी साझेदारी कार्यक्रमको सदस्य पनि छुु ।

प्रकाशित मितिः   २८ पुष २०७६, सोमबार ०८:३६