विद्यार्थीलाई पोशाक सहयोग

सुर्खेत : नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका ३५ जना विद्यार्थीलाई पोशाक र २० जना अभिभावकलाई सिरक सहयोग गरिएको छ । सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतका पूर्व अध्यक्ष तथा व्यवसायी टेकबहादुर भण्डारीले गुर्भाकोट–१० हनिमानमा रहेको उक्त विद्यालयमा आइतवार सहयोग गरेका हुन् । भण्डारीले विद्यार्थीलाई विद्यालय पोशाक तथा खाजाको लागि चाउचाउ वितरण गरेको ओमप्रकाश थापाले जानकारी दिए । उनका अनुसार एकल महिला तथा विपन्न अभिभावकहरूलाई समेत न्यानोको लागि सिरक वितरण गरिएको थियो ।