प्रदेशस्तरीय युुवा सम्मेलन हुँदै
सुर्खेत : कर्णाली प्रदेशस्तरीय युवा सम्मेलन वीरेन्द्रनगरमा हुुने भएको छ । नेपाल युुवा परिषद केन्द्रीय कार्यालय र नेपाल युवा परिषद् कर्णाली प्रदेशको संयुुक्त आयोजनामा यही पुस २७ र २८ गते सम्मेलन हुुने भएको हो । युवा उद्यमशिलता, युवा नेतृत्व, पर्यटन, दिगो विकास लक्ष्य वातावरण तथा जलवायुु परिवर्तन र सूचना प्रविधिलाई मुख्य विषय बनाएर प्रदेश युुवा सम्मेलनको आयोजना गरिने जनाइएको छ । युुवा परिषद् कर्णाली प्रदेशका संयोजक ईन्द्रजित सुनारले युुवा सम्मेलनमा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट करिब दुुईसय युुवाहरूको सहभागिता गराइने जानकारी दिए ।
सम्मेलनमा अध्ययन गरिरहेका, व्यवसाय गरेका र सामाजिक कार्य गरिरहेका १८ देखि ३० वर्ष उमेर समूूहका युुवाहरू सहभागी हुुनेछन् । युुवाहरूलाई स्थानीय, आर्थिक तथा सामाजिक क्षेत्रमा नेतृत्वदायी भूूमिका ल्याउने उद्देश्यले युवा सम्मेलन गर्न लागिएको उनको भनाइ छ । उनका अनुसार अनुसार युुुवा सम्मेलनमा, युवा नेतृत्व, पर्यटन, दिगो विकास लक्ष्य वातावरण तथा जलवायु परिवर्तन र सूचना प्रविधि सम्बन्धी विज्ञहरूबाट कार्यपत्र प्रस्तुत गरिनेछ । युवा सम्मेलन मार्फत युवाहरूले आ–आफ्नो जिल्लाको लागि कार्ययोजना निर्माण गर्ने प्रदेश संयोजक सुनारले बताए ।
प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १०:०७
साझा बिसौनी ।