सुर्खेतकी महिला कञ्चनपुरमा बलात्कृत

सुर्खेत : कामको शिलशिलामा भारत जानेक्रममा सुर्खेतकी एकजना महिला कञ्चनपुरमा बलात्कृत भएकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी ३३ वर्षीय महिला कञ्चनपुरको एक गेष्ट हाउसमा बलात्कृत भएकी हुन् ।

कञ्चनपुरको मेलडाँडी भन्ने स्थानमा रहेको रोयल गेष्ट हाउसमा उनलाई दुईजनाले बलात्कार गरेको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिइन् । उनका अनुसार सोही गेष्टहाउसमा काम गर्ने तिलक भनिने एक जना फरार रहे पनि रामसिंह धामीलाई भने पक्राउ गरि अनुसन्धान अगाडि बढाइएको छ । पीडित महिला माइती नेपाल कञ्चनपुरको संरक्षणमा रहेको उनले बताइन् । सुरुमा घटनालाई पिडकका पक्षमा मोड्न खोजिए पनि अहिले भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्दा दर्ता भएको भट्टले जानकारी दिइन् । महिलालाई सीपमूलक तालिम दिने तयारी भएको उनले बताइन् ।