माथिल्लो सदनमा पनि नेकपालाई दुई तिहाइ
काठमाडौं : राष्ट्रियसभाको निर्वाचन नजिकिँदै छ । निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् । राष्ट्रियसभाको निर्वाचनमा मधेशकेन्द्रित दलसँग सत्तारुढ र प्रतिपक्षी दलले तालमेल गरिसकेका छन् । राष्ट्रियसभाको निर्वाचनमा मधेशलाई केन्द्रका रूपमा हेरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टीसँग तालमेल गरेको छ ।
त्यसैगरी राष्ट्रियसभाकै लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीबीच तालमेल छ । दुई मधेशवादी दल फरक–फरक पार्टीबाट निर्वाचनमा उभिएपछि प्रदेश २ मा राष्ट्रियसभाको निर्वाचनलाई विशेष महŒवकासाथ हेरिएको छ । नेकपा–राजपा तालमेलले प्रदेश २ को सरकारसमेत परिर्वतन हुनसक्ने चर्चा चुलिएको थियो । नेकपा–राजपा चुनावी तालमेल गर्दा नेकपाभित्रसमेत ठूलै विवाद निस्किएको छ । चुनावी तालमेलपछि नेकपासँग राजपा नजिकिएकै कारण सरकारमा रहेको समाजवादी पार्टी सरकारबाट बाहिरियो । सरकारमा रहेकै बेलामा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीलाई अपमान गरेको ठहर गर्दै समाजवादी सरकारबाट बाहिरिएको थियो । समाजवादी सरकारबाट बाहिरिएपछि कांग्रेससँग चुनावी तालमेल गर्न पुग्यो ।
तालमेल जुनसुकै भए पनि राष्ट्रियसभाको निर्वाचनमा सत्तारुढ नेकपाले थप १६ सीट थप्दैछ । १६ सीट थपेपछि नेकपाको राष्ट्रियसभामा दुईतिहाइ बहुमत बनाउनेछ । आगामी माघ ९ को निर्वाचनमा नेकपाले १६ सीटमा जीत हासिल गर्ने पक्कापक्की छ । ५९ जनाको राष्ट्रियसभामा नेकपाले यो जीतसँगै ५० सदस्य पु¥याउने छ । नौ जनाको कार्यवधि सकिए पनि नेकपाले १६ जना नयाँ सीटमा आफ्नो सुनिश्चितता छ । नयाँ सदस्यको रूपमा इन्दु गौतम, गोपी अछामी, देवेन्द्र दाहाल, तुलसा दाहाल, राधेश्याम पासवान, गंगा बेल्वासे, बेदुराम भुषाल, नारायणकाजी श्रेष्ठ, भगवती न्यौपाने आउँदैछन् । यस्तै, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, मायाप्रसाद शर्मा, सुमित्रा बिसी, तारामान स्वार र शारदा भट्ट नयाँ सदस्यको रूपमा उपस्थित हँुदैछन् ।
सबै क्षेत्रमा नेकपाकै बहुमत भएकाले नेकपाको १६ सीट सुनिश्चित छ । राष्ट्रिसभाका ५९ सदस्यमध्ये ३ सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सिफारिस गर्नेछिन् । त्यही अनुसार सिफारिस अर्थमन्त्री डा. खतिवडाको पनि दुई वर्षे कार्यवधि सकिँदैछ । राष्ट्रपतिबाट मनोनित भएका अर्थमन्त्री खतिवडाको गोलाप्रथाबाट दुई वर्ष कार्यकाल तोकिएको हो । रामनारायण विडारीको चार वर्ष र विमला राई पौडेलको पूरा कार्यकाल परेको थियो । नेकपाले राष्ट्रिसभामा पुनः नदोहो¥याउने रणनीतिको आधारमा नयाँ अनुहारलाई ल्याइएको नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठ बताउँछन् ।
राष्ट्रियसभाबाट १९ जना बिदा हुने सांसदमध्ये नेकपाका ९, कांग्रेसका ७, राजपाका २ र समाजवादीको १ सांसद बिदा हुँदैछन् । नेपाली कांग्रेसको ७ जना सांसद बिदा भएपछि ६ जनामा मात्रै रहनेछन् । ७ सीट गुमाएपछि कांग्रेसका ६ जनामात्रै रहनेछन् । प्रदेश २ बाहेक अन्य क्षेत्रमा नेकपाकै बहुमत भएकाले कांग्रेसले सीट थप गर्ने सम्भावना छैन । प्रदेश २ मा राजपाले नेकपासँग तालमेल गरेकै कारणले कांग्रेसको सीट थप गर्ने सम्भावना नरहेको हो । यही क्षेत्रमा कांग्रेसले पनि समाजवादीसँग तालमेल गरेको छ । तर, बहुमत नेकपा–राजपाकै छ । राष्ट्रियसभा सदस्यका मतदाता गाउँपालिका अध्यक्ष÷उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्यले मतदान गर्नेछन् । तर, उनीहरूको मतभार फरक हुनेछ ।
प्रकाशित मितिः २३ पुष २०७६, बुधबार १०:१३
साझा बिसौनी ।