आगलागी हुँदा दुई घर जलेर नष्ट

मुगु : छायाँनाथ रारा नगरपालिका–१४ बाम रोल्का गाउँमा शनिवार राति आगलागी भएको छ । आगलागीमा दुई घर, पशुचौपाया र फलफूललगायत जलेर नष्ट भएका छन् । आगलागीमा दानबहादुर बढुवाल र तिर्थबहादुर बुढाको घर पशुचौपाया र फलफूल जलेर नष्ट भएको हो । राती एक्कासी आगलागी भएको र आगलागीमा परी स्थानीय दानबहादुर बढुवाल र तीर्थ बुढाको घरसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । आगलागी के कसरी भएको भन्ने यकिन भएको छैन । आगलागी भएको स्थान सदरमुकाम गमगढीबाट ४ घण्टाको दूरीमा पर्छ ।

आगलागीको जानकारी आइतवार मात्रै आएकाले सो घटनाको जाँचबुझ गर्न प्रहरी घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए । सम्बन्धित घटनाको जाँचबुझपछि मात्र क्षतिको विवरणबारे भन्न मिल्ने प्रहरी नायव उपरिक्षक साहको भनाइ छ । यसैबीच आगलागीपीडित दानबहादुर बुढाले ७० बाख्रा र १५ क्वीन्टल स्याउ, २० हजार नगद, अन्नपात लत्ता कपडा, भाँडावर्तन, नागरिकतालगायत महŒवपूर्ण कागज जलेको बताएका छन् । त्यस्तै, तीर्थ बुढाले ९० हजार नगद, १५ क्वीन्टल स्याउ, १० वटा कुखुरा, एक सय ४० लिटर डिजेल, खरायो, अन्नपात लत्ता कपडा, भाँडावर्तन जलेर नष्ट भएको जानकारी दिए ।