कांग्रेसले छान्यो राष्ट्रियसभाका उम्मेदवार
काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रियसभाका निर्वाचनका लागि उम्मेदवारहरूको टुङ्गो लगाएको छ । शनिवार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभाका १६ उम्मेदवार तय गरेको हो ।
प्रदेश १ बाट दलितमा निरबहादुर विश्वकर्मा, महिलामा मीना पुलामी मगर र अन्यमा राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाइएको छ । प्रदेश २ बाट महिलामा नगिना यादव र अल्पसंख्यक र अपाङ्गताको कोटामा भोला पन्जियारले टिकट पाएका छन् । दलित र अन्य पदमा भने कांग्रेसले समाजवादी पार्टीलाई सघाउने बताएको छ । प्रदेश ३ मा महिलाबाट छलीकुमारी शर्मा उपाध्याय र अन्यमा हरिशरण श्रेष्ठले टिकट पाएका छन् । यस्तै गण्डकी प्रदेशबाट अन्यमा सूर्यप्रसाद रेग्मी र महिलामा विमला गौचन तथा प्रदेश ५ बाट अन्यमा बालकृष्ण पाण्डे, महिलामा गिरिजा न्यौपाने र अल्पसंख्यक र अपाङ्गता कोटामा मेराज हलवाई उम्मेदवार बनाइएको कांग्रेसले जनाएको छ ।
कर्णाली प्रदेशमा सावित्री पौडेल र अन्यबाट डिल्लीराम पाठक तथा सुदूरपश्चिम प्रदेश महिलाबाट तुलसी देवकोटा र अन्यबाट प्रताप ठगुन्नालाई उम्मेदवार बनाउने निर्णय भएको छ । राष्ट्रिय सभाको १८ जना सदस्यका लागि आगामी माघ ९ गते निर्वाचत हुँदैछ ।
प्रकाशित मितिः २० पुष २०७६, आईतवार ०९:२८
साझा बिसौनी ।