इकोलोजिकल अवधारणा र शिक्षा
विषय प्रवेश
विगतमा विकासलाई आर्थिक र पूर्वाधार विकाससँग बढी निकट ठानिन्थ्यो । राष्ट्रिय समृद्धिको प्रमुख आधार पूर्वाधार विकास र सवल अर्थतन्त्रको उपस्थितिलाई मात्र मानिन्थ्यो । पछिल्लो समयमा विकासलाई वातावरणको संरक्षणसँग सम्बन्धित कुरा मानव विकास समेतको संयोजनको सान्दर्भिकतालाई जनाउँछ । यो संसार जीवित र निर्जीव तत्वहरूको एकीकरणबाट बनेको हुन्छ जसमा जीवनको लागि एक तŒवले अर्को तŒवलाई प्रभाव पार्ने गर्दछ । यो संसार मानिसको लागि मात्र होइन, विभिन्न जिवाणुहरू, वनस्पति, थलचर तथा जलचर सबैको साझा घर र आँगन हो भन्ने सन्दर्भले मान्यता पाएको छ ।
इकोलोजिस्ट्को नजरमा इकोलोजी
विश्वका प्रख्यात इकोलोजिस्ट्हरूमध्ये बाउडिन कलेजका माइकल एल. केइन, क्लोराडो विश्वविद्यालयका विलियम डि. बाउम्यान र ओरेगन राज्य विश्वविद्यालयका स्याल्ली डि. ह्याकरको पुस्तकमा मैले आफूले अध्ययन गर्दा पाएका कुराहरूलाई इकोलोजिकल अप्रोचसँग जोडेर यस लेखमा प्रस्तुत गर्ने जमर्को गरेको छु । उनीहरूका अनुसारले दिएको इकोलोजिको परिभाषा यस्तो छः ‘इकोलोजी इज द साइन्टिफिक स्टडी अफ इन्ट¥याक्सन् विट्विन् अर्गानिज्म् एन्ड् दिअर् इन्भाइरोन्मेन्ट’ अर्थात् इकोलोजी भनेको संसारमा भएका सम्पूर्ण प्राणी र तिनीहरू रहेको वातावरणबीचको अन्तरक्रियाको वैज्ञानिक अध्ययन हो । त्यसैले यो एउटा वैज्ञानिक विधा पनि हो । इकोलोजीमा भौतिक वातारणको सबैभन्दा महŒवपूर्ण चिज भनेको जलवायु रहन्छ । उनीहरूले पनि यसलाई पहिलो प्राथमिकतामा नै राखेका छन् । यसमा सिजनल अवसरहरू पनि महŒवपूर्ण हुन्छन् । प्राणी कहाँ बस्छ र कसरी बाँच्छ भन्ने कुरामा जलवायुले नियन्त्रण गरेको हुन्छ । त्यही अनुसारको प्राणीको शारीरिक ढाँचा समेत रहेको हुन्छ । हिमालमा रहने प्राणी रौँ बाक्लो हुन्छ । तराईमा रहने प्राणीको रौँ पातलो हुन्छ । मरुभूमिमा रहने प्राणी, समुन्द्रमा रहने प्राणी, ताल तथा नदीमा रहने प्राणी, पहाडमा रहने प्राणी, नुनिला सागरमा रहने प्राणीका समायोजनका लागि आ–आफ्ना शारीरिक बनावट र आन्तरिक अङ्गहरू बनेका हुन्छन् । वातावरणीय र भौगोलिक दबाबले मानिसलगायत प्राणीलाई समायोजनमा जान बाध्य बनाएको हुन्छ । इकोलोजीले कुनै पनि क्षेत्रको पहिचान र चिनारी स्थापित गरेको हुन्छ । यसका साथै जैविक र अजैविक तŒवहरूको सन्तुलित र नियमित सम्बन्ध कायम गरेको हुन्छ । यतिमात्र होइन, जैविक विविधता र सम्पदालाई संरक्षण प्रदान गरेर वातावरण र मानव अन्तरक्रियालाई समेत सहज र सन्तुलित बनाएको हुन्छ । पृथ्वीलाई सबै प्राणीहरूको साझा बासस्थान कायम गराएको हुन्छ । प्रकृति र श्रृष्टि सञ्चालनलाई निरन्तरता प्रदान गराएको हुन्छ ।
यो पृथ्वीमा सबैभन्दा बढी वातावरणलाई बिगार्ने प्राणी त मानिस नै हो । जसको कारण आज विश्वमा शहरीकरणको तीव्र वृद्धि, अल्ट्रा भायोलेट रेजको असरबाट विभिन्न रोगहरूको वृद्धि, जनसंख्याको विस्फोटन, जलवायु परिवर्तन, हरितगृह ग्यासको असर, आणविक हिउँद, अम्ल वर्षा, बाढीपहिरो, सुनामी, हुड्हुडी, ज्वालामुखी, भूकम्पबाट ठूलो धनजनको क्षति, औद्योगिकीकरण, आणविक अस्त्रको डरलाग्दो प्रयोगले संसार नै आतंकित भएको महसुस गरिएको छ । क्लोरोफ्लोरो कार्बनको उत्सर्जन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टि, ग्लोबल वार्मिङ जस्ता असरहरूबाट विश्व आक्रान्त बनेको छ । दीर्घकालीन जलवायु परिवर्तनले पृथ्वीको अवस्थामा नै सापेक्षित परिवर्तन भएको छ । पृथ्वीको जमिनमा मात्र होइन, समुन्द्र तथा जलसम्पदाको वातावरणमा समेत जलघनत्व र जलतापक्रममा समेत आवधिक परिवर्तन भएर चुनौती थपिरहेको छ । आवधिक सुख्खा तथा सिमसार, ताल तथा हिमतालको विस्फोटन, विभिन्न कुलो, नहरहरूको अधिकतम प्रयोगबाट जलचरको विनास, हरितभूमिहरूको विनाश, पोथ्रा तथा वुट्यानहरूको विनाश, विकासका पूर्वाधारहरूको निर्माणबाट वन विनाश, कृषि भूमिको विनाश, घरघडेरीको कारोबार तथा कृषि भूमिको खण्डीकरण तथा चक्लाबन्दी, विषादीको प्रयोग, माटोको उर्वरतामा ह्रास, बेमौसमी तरकारी तथा फलफूलको उत्पादन भण्डारण तथा यसबाट मौसममा परिवर्तन, नदी तथा खोलाको पानीको घट्दो क्रम, बालुवा तथा सिमेन्टको अधिकतम प्रयोग, प्राकृतिक साधन तथा स्रोतको अधिकतम दोहनबाट पनि वातावरणमा असर परेको छ ।
जलसम्पदाको इकोलोजी पनि आज अध्ययन र चासोको विषय भएको छ । अमेरिकाका प्रख्यात ताजा पानीका ताल सुपरियर लेकदेखि हाम्रा तिलिचो, बुलबुले, कर्णाली, रामघाट, छामघाट र भेरी पनि विभिन्न सम्भावनाका क्षेत्र बनेका छन् । जसमा पानीको वेग, गहिराइ, तापक्रम, स्वच्छता र जलरसायनको गहिरो अध्ययन विषयवस्तु बनेका छन् । समुन्द्रको अध्ययन गर्नेहरूका विषयवस्तुहरू पनि समुन्द्रको गहिराइ, प्रकाशको उपलब्धता, पिँधको स्थिरता जस्ता चासोका सन्दर्भहरू भएका छन् । यसका अतिरिक्त हामीहरूले भर्खरै महसुस गरिरहेका कुराहरूमा पनि उत्पादनमा ह्रास, समयावधि नपुगिकन फल लाग्नु, थोरै उत्पादन हुन, बेमौसममा नै फलफूल तथा गुँरासलगायतका फूलहरू फुल्नु, हिमालका हिँउ पग्लिनु, समुन्द्रको आकार बढ्दै जानु, पहिलाको तुलनामा मानिसहरू पनि तौल र उचाइमा कम हुनु जस्ता असरहरूले हाम्रो इकोलोजिकल अवस्थामा चुनौती थपिरहेको छ ।
इकोलोजिकल विषयवस्तुमा शिक्षा
इकोलोजिकल अप्रोचको एउटा विषयवस्तु दिगो विकास हो । जसलाई एक भविष्यमुखी विकास प्रक्रिया पनि भनिन्छ । यसलाई विकासको एक आधुनिक र नवचिन्तनको रूपमा पनि लिइन्छ । यो आजको आवश्यकता र बाध्यता दुवै हो । यसलाई विश्वमा साझा मुद्दाको रूपमा पनि लिइएको छ । राजनीतिक, आर्थिक, सामाजिक, वातावरणमैत्री मान्यता रहेको मानवीय लगायत बहुआयामिक र बहुसरोकारित विषय हो । जसले सुशासनको लागि राज्यसँग जनउत्तरदायी सरकार, जनमुखी प्रशासन, कानुनको शासन, मानवअधिकारको प्रत्याभूति, विकेन्द्रीत शासन प्रणाली, उच्च दिगो र फराकिलो आर्थिक विकासको आवश्यता माग्छ । जलवायु परिवर्तन र कार्बन व्यापारलाई सँगै जोडेर अध्ययन गर्नु आवश्यक ठान्छ । अत्याधिक कार्बन उत्सर्जन गर्ने विश्वका औद्योगिक मुलुकहरूले कार्बन उत्सर्जन कम गर्ने हाम्रो जस्तो मुलुकलाई मूल्य तिर्ने र कार्बन उत्सर्जन सम्मका न्यूनतम शर्तहरूबाट तर्किन नपाउने व्यवस्था गर्नु जरुरी ठान्छ । कार्बन उत्सर्जन कम गर्ने हाम्रो जस्तो मुलुकलाई क्षतिपूर्ति स्वरूप रकम तिर्ने र उद्योग व्यवसाय सञ्चालन गर्ने कार्यको रूपमा रहेको कार्बन व्यापारको क्योटो अवधारणालाई कार्यान्वयन गर्नुपर्छ भन्ने पनि यसको विषयवस्तु हो । भौतिक वातावरण, केमिकल वातावरण, जलवायुको विषमता, जलवायुको प्रभाव र असर, विश्वव्यापी जलवायुको ढाँचा भौतिक वातावरण भित्रका विषयवस्तुहरू हुन । यसका अतिरिक्त वातावरणीय विविधतामा तापक्रमको विविधता, जलसम्पदाको उपलब्धता, ताजा पानीका र नुनिला पानीका स्रोतहरू समावेश गरिएको हुन्छ ।
यसका साथै जैविक विविधिता, वातावरणीय ह्रासको न्यूनीकरण, वनजंगलको संरक्षण, संकट व्यवस्थापन, विपद् व्यवस्थापन, उर्जा, उर्जाको स्रोतको पहिचान तथा संरक्षण र नवीकरणीय उर्जाको उपयोगमा बढोत्तरीजस्ता विषयवस्तु पनि आधुनिक इकोलोजिकल अवधारणाका खाटी विषयवस्तु हुन सक्छन् । इभोलुसन, विकासका संयन्त्र, विकासको इतिहास, जीवन इतिहास, जीवन इतिहासको विविधता, जीवनचक्र, मौसमचक्र जस्ता विषयवस्तु पनि इकोलोजीको अध्ययनका विषयवस्तु हुन्छन् । जनसंख्याको वितरण, यसको असर, प्रभाव, परिवार योजना, यसको लागि पहल, जनसांख्यिक क्षेत्र, जनसंख्याको नियमन, उमेर संरचना, जनघनत्वको असर, जनसंख्याको तार्किक वृद्धि, जनसंख्या गतिशिलता, जनसंख्याको लोप जस्ता विषयवस्तुहरू जनसंख्याभित्र समावेश गरिएको हुन्छ । यसैगरी प्राणीहरूबीचको अन्तरक्रियामा प्रतिस्पर्धा, प्रतिस्पर्धाका सामान्य विशेषताहरू, स्रोत तथा साधनको अत्याधिक दोहन जस्ता विषयवस्तु पनि इकोलोजिकल अवधारणाका विषयवस्तु रहेका छन् ।
समुदाय, समुदायको संरचना, समुदायको परिवर्तनशीलता, बसाइँसराइँ, संरक्षण गरिनुपर्ने जीवजन्तुहरू पनि इकोलोजिकल अप्रोचका अवधारणाका विषयवस्तु हुन् । यसैगरी ल्यान्ड्स्केप (परिदृष्य) इकोलोजी, बासस्थानको क्षति र क्षय, प्रकृति संरक्षण, पारिस्थितिक प्रणालीको व्यवस्थापन, ग्लोबल इकोलोजी, वायोकेमिकल साइकल, ओजोन तहको क्षतिजस्ता विषयवस्तु पनि इकोलोजिकल अवधारणाका विषयवस्तुहरू हुन् । प्रदूषण र फोहोमैला पनि आजका समसामयिक र ज्वलन्त समस्याहरू हुन् । यिनको पनि त्यत्तिकै ध्यान दिनुपर्ने विषय हुन् । यतिमात्र होइन, यात वर्तमान सूचना र प्रविधिको उपयोग गर्दा पनि वातावरणलाई ध्यान दिएर गर्नु उपयुक्त हुन्छ ।
उपसंहार्
इकोलोजिकल अप्रोच अत्यन्तै नविनतम अवधारणा हो । यसले हामीसँग रहेको एकमात्र पृथ्वीको संरक्षणबाट नै हामी र हाम्रा प्राणीहरूको अस्तित्व रहने कुरामा जोड दिन्छ । यसले सामाजिक तथा सांस्कृतिक रूपान्तरण गर, सहर बनाउ, आर्थिक विकास र वृद्धि गर, गरिबी घटाउ, बेरोजगारी घटाउ, सामाजिक सुरक्षा गर, पूर्वाधारको विकास गर, व्यापार गर तर वातावरण जोगाएर गर भन्छ । पृथ्वीको अस्तित्व राखिदेउ भन्छ । बहुभाषी शिक्षा नीतिको लागू, मातृभाषाको महŒव, यसको उपयोगमा पनि यसले जोड दिएको छ । विश्वव्यापी तापमानमा वृद्धि, अम्ल वर्षा, प्रदूषण, फोहोरमैला व्यवस्थापन, सहरीकरण, यसको व्यवस्थापन, जलवायु परिवर्तन र वातावरण संरक्षण, ओजन तहको क्षयीकरण, हरितगृह ग्यासको असर, प्राकृतिक तथा कृतिम संरचना निर्माण, जीवनउपयोगी सिकाइ, समालोचनात्क सोचाइ र काल्पनिकताजस्ता विषयवस्तु आजका इकोलोजिकल अवधारणाका शिक्षा भित्रका विषयवस्तुहरू हुन् ।
(लेखक अमरज्योति नमूना माध्यमिक विद्यालय नेवारेमा कार्यरत शिक्षक हुन् । )
प्रकाशित मितिः २० पुष २०७६, आईतवार ०९:२५
साझा बिसौनी ।