हिमाल यातायातमा शर्मा

सुर्खेत : पब्लिक हिमाल यातायात प्रा.लि. सुर्खेतको अध्यक्षमा खगेन्द्रप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यासमिति चयन गरेको छ । शनिवार वीरेन्द्रनगरमा सम्पन्न प्रथम वार्षिक साधारणसभाले शर्माको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा भीमप्रसाद शर्मा, उपाध्यक्षमा जयबहादुर थापा, महासचिवमा रमेश बराल, कोषाध्यक्षमा कर्णबहादुर शाही र सचिवमा कृष्णप्रसाद रेग्मी चयन भएका छन् । यस्तै सदस्यहरूमा जगतबहादुर विष्ट, पुतलीकुमारी रावत, प्रेमप्रसाद आचार्य, बिर्ख टमटा र चक्र बयक चयन भएका छन् । सभा सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।