साझा सहकारीको साधारणसभा

सुर्खेत : साझा बचत तथा ऋण सहकारी संस्था सुर्खेतको नवौं वार्षिक साधारणसभा शनिवार वीरन्द्रनगरमा सम्पन्न भएको छ । सभामा वार्षिक प्रगति प्रतिवेदनमा प्रस्तुत गर्दै सचिव रामबहादुर बुढाले यो वर्ष १८ दशमलव ४० प्रतिशतले शेयर पूँजी वृद्घि भएको जानकारी दिए ।

अघिल्लो वर्ष ६० लाख ६३ हजार रहेको शेयर पूँजी यस वर्ष वृद्धि भएर ७१ लाख ७६ हजार पुगेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यसैबीच संस्थाले सभाबाट मदनबहादुर खड्काको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा देवकुमारी बुढा, सचिवमा ओमजङ्ग रोकाय, कोषाध्यक्षमा मुक्तिबहादुर गुरुङ्ग चयन भएका छन् भने सदस्यहरूमा दीपेन्द्रबहादुर खड्का, ऋषिप्रसाद शर्मा र शेरसिंह रोकाय रहेका छन् । यसैगरी खगेन्द्र रिमाल संयोजक तथा पृथ्वीबहादुर खड्का र रक्षा रोकाय सदस्य रहेको लेखा समिति पनि चयन गरेको छ ।

प्रकाशित मितिः   २० पुष २०७६, आईतवार ०८:५६