वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना


सुर्खेत : कर्णाली प्रदेशमा राष्ट्रिय वाणिज्य बैँकको प्रादेशिक कार्यालय स्थापना गरिएको छ । शुुक्रवार वीरेन्द्रनगरमा कर्णाली प्रदेशका मुुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बैँकको प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा मुख्यमन्त्री शाहीले सेवालाई चुस्त, दुरुस्त र छरितो गराउन आग्रह गरे । प्रादेशिक कार्यालयले प्रदेशमा रहेका शाखाहरूको अनुुगमन गर्ने, शाखा खोल्नुु परे स्वीकृत गर्नेलगायतका काम गर्नेछ । बैँकका नायब कार्यकारी अधिकृत कविराज अधिकारीले प्रदेश अन्र्तगतका शाखाहरूबाट प्रभावकारी सेवा गराउन सहज होस् भन्ने उद्देश्यले नै सुर्खेतमा कार्यालय स्थापना गरिएको बताए । कर्णालीमा राष्ट्रिय वाणिज्य बैँकका १८ वटा शाखा रहेका छन् । सल्यान र रुकुुमपश्चिमको स्थानीय तहमा भए पनि सदरमुुकाममा भने वाणिज्य बैँकको शाखा छैनन् । त्यहाँ पनि तत्काल शाखा विस्तार गरिने योजना रहेको बैँकका कार्यकारी अधिकृत अधिकारीले जानकारी दिए । सबै स्थानीय तहमा बैँकको शाखा पुु¥याउने लक्ष्य अनुसार राष्ट्रिय वाणिज्य बैँकले कर्णालीका विकट स्थानीय तहमा शाखा पुु¥याएको बताए । उनका अुसार राष्ट्रिय वाणिज्य बैँकले डोल्पाको डोल्पोबुुद्ध गाउँपालिका, छार्काताङसुुङ गाउँपालिका, मुड्केचुुला गाउँपालिका र मुुगुुको मुुगुमकार्मारोङ गाउँपालिकामा शाखा स्थापना गरिसककेको उल्लेख गरे । भौगोलिक विकट भएका ठाउँहरूमा पनि बैँकको शाखा पुु¥याउने बताउँदै उनले कर्णालीले सुरु गरेको छोरी बैँक खाता कार्यक्रमलाई पनि सफल गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

बैँक सञ्चालक समितिका अध्यक्ष निर्मल अधिकारीले प्रादेशिक कार्यालयले कर्णालीको सेवा छिटो छरितो हुुने विश्वास लिएको बताए । उनले राष्ट्रिय वाणिज्य बैँकले पर्यटन, हाइड्रो, कृषिलगायतको क्षेत्रमा लगानी गरिरहेको उल्लेख गर्दै अझै लगानीको क्षेत्रलाई विस्तार गदैै लैजाने पनि जनाए । कर्णालीमा करिब पाँच अर्ब रूपैयाँ निक्षेप भएको जानकारी दिदै लगानी वृद्धितर्फ पनि लागेकोे उनको भनाइ थियो । वीरेन्द्रनगरमा चाँडै अर्को शाखा यसैबीच बैँकले प्रदेश राजधानी वीरेन्द्रनगरमा अर्को शाखा खोल्ने तयारी गरेको छ । हाल वीरेन्द्रनगरमा राष्ट्रिय वाणिज्य बैँकको एउटा मात्र शाखा रहेको छ । प्रदेशका मन्त्रालय तथा कार्यालय स्थापना हुनुुका साथै कार्यालयमा सेवाग्राहीको भिड लाग्ने गरेपछि बैँकको अर्को शाखा खोल्ने तयारी गरिएको हो ।

बैंकका कार्यकारी अधिकृत अधिकारीले वीरेन्द्रनगरको वीरेन्द्रचोकमा तत्काल बैँकको अर्को शाखा खोलेर सेवा प्रवाहलाई सहज गराउने बताए । उनका अनुसार वीरेन्द्रनगरमा बैँकको शाखा खोल्नका लागि तयारी अन्तिम चरणमा पुुगेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैँकले सेवाग्राहीको सहजताका लागि दुुई वटा स्थानीय तहको कार्यालयमा काउण्टर खोल्ने तयारी गरेको जनाएको छ । हाललाई वीरेन्द्रनगर नगरपालिकाको कार्यालय र पञ्चपुरी नगरपालिकाको कार्यालयमा काउण्टर राख्ने तयारी गरेको हो । वीरेन्द्रनगरमा एउटा मात्र शाखा रहेकोले अब अर्को शाखा खोलेपछि सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।