खुल्यो ताला

सुर्खेत, ८ साउन । (साबिस)
मध्यपश्चिमाञ्चल विश्व–विद्यालय सुर्खेतमा लगाइएको ताला खोलिएको छ । अनेरास्ववियु (क्रान्तिकारी) ले विभिन्न माग राखी विश्वविद्यालयमा तालाबन्दी गरेको थियो । विश्वविद्यालय र क्रान्तिकारीबीच छलफल भइ ६ बुँदे सहमति भएपछि शनिवार ताला खोलिएको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।
दुवै पक्षबीच भएको सहमति अनुसार विद्यार्थीका पठन–पाठनका आधारभूत आवश्यकतालाई पूरा गर्दै जाने, अध्ययन अध्यापनको वातावरणलाई प्रभावकारी, स्वच्छ र पूर्वाधारहरू बनाउने दिशामा ठोस कार्यक्रम साथ अघि बढ्ने, शिक्षण शुल्कमा वृद्धि गरिएको रकमको बारेमा उच्चस्तरको कार्यदल गठन गरी तत्काल त्यसको सान्दर्भिकता अध्ययन गराउने तथा त्यसले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन गरिने लगायतको सहमति भएको खड्काले जानकारी दिए । त्यसैगरी भदौ ८ गते घोषणा गरिएको स्ववियु निर्वाचनलाई विश्वविद्यालय प्रशासन र विद्यार्थी सङ्गठनहरूको सक्रियतामा सफल पार्ने र अखिल
(क्रान्तिकारी) ले विश्वविद्यालयमा राखेका अन्य जायज मागहरूका सन्दर्भमा तत्काल पूरा गर्दै जाने र सो सङ्गठनले लगाएको तालाबन्दी लगायतका सम्पूर्ण कार्यक्रमहरू फिर्ता लिने सहमति भएको छ ।

प्रकाशित मितिः   ९ श्रावण २०७३, आईतवार ०४:४७