बुलबुलेमा वृक्षारोपण

13775994_1020653554670907_1167861836521098205_nसाझा बिसौनी संवाददाता
सुर्खेत, ८ साउन ।
जिल्ला वन कार्यालय सुर्खेतले बुलबुले उद्यानभित्र विभिन्न प्रजातिका बिरुवाहरू रोपेको छ । उपत्यका नगरविकास समितिको आयोजना तथा जिल्ला वन कार्यालय सुर्खेतको सहयोगमा उद्यानभित्र बिरुवा रोपिएको हो ।
बुलबुले क्षेत्रलाई सुन्दर बनाउन सरोकारवाला निकायहरूले खेल्ने भूमिकाका बारेमा गत वैशाख १६ गते पत्रकार महासंघ सुर्खेतले आयोजना गरेको अन्तरक्रियामा जिल्ला वन कार्यालयले गरेको प्रतिबद्धता अनुसार वृक्षारोपण गरिएको हो । वृक्षारोपणको उद्घाटन गर्दै सुर्खेत उपत्यका नगरविकास समितिका अध्यक्ष ध्रुव चपार्इंले सबैको सहकार्य र प्रतिबद्धताले मात्रै बुलबुले उद्यान सुन्दर हुने बताएका थिए ।
यसका लागि सबैको सहकार्य र साथ आवश्यक रहेको चपाईंको भनाइ छ । क्षेत्रीय वन निर्देशक राजबहादुर रावत, जिल्ला वन अधिकृत हेमराज विष्ट, उपत्यका नगरविकास समितिका अध्यक्ष ध्रुव चपाईं, पत्रकार महासंघ सुर्खेतका अध्यक्ष गणेशकञ्चन भारती, पूर्व अध्यक्ष श्रीधर पौडेल लगायतको सहभागिता रहेको थियो । सो उद्यानभित्र एक सयवटा श्रीखण्ड तथा रुद्राक्षका बिरुवा रोपिएको हो ।

प्रकाशित मितिः   ९ श्रावण २०७३, आईतवार ०४:४५