अटो मेकानिक्समा अन्सारी

साझा बिसौनी संवाददाता
सुर्खेत, ८ साउन ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन जिल्ला कमिटी सुर्खेतको अध्यक्षमा मिज्जन अन्सारी चयन भएका छन् । युनियनको शनिवार वीरेन्द्रनगरमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पुनः अन्सारीकै अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
युनियनको उपाध्यक्षमा लोकप्रसाद चपाईं, सचिवमा चुडामणि विक, सह–सचिवमा रोहन सुनार र कोषाध्यक्षमा धावनप्रसाद आचार्य रहेका छन् । त्यस्तै सदस्यहरूमा विशाल सुनार, इस्माइल सल्मानी, राधेश्याम शर्मा, रामकृष्ण श्रेष्ठ, इक्माइल सल्मानी र अनी सल्मानी चयन भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै युनियनका केन्द्रीय अध्यक्ष कमला तामाङले श्रमिकहरूको हित गर्ने श्रम ऐन तत्काल लागू गर्नुपर्ने बताइन् । उनले श्रमिक ऐन लागू गर्नका लागि सबै श्रमिकहरू एकजुट भएर दबाब सिर्जना गर्नुपर्नेमा जोड दिइन् । महासचिव तुलसी ढकालले संस्थाको विधानमा रहेर काम गर्न पदाधिकारी र सदस्यहरूलाई आग्रह गरे ।
जिफन्टका भेरी कर्णाली अध्यक्ष पूर्ण केसीले सामाजिक सुरक्षा कोष लागू गर्न सरकारसँग माग गरे । भेरी कर्णाली कमिटीका सह–सचिव एवम् सुर्खेत जिल्ला अध्यक्ष तोरण विकले मजदुरहरू एक भएर आफ्ना अधिकारका लागि सङ्घर्ष गर्नुपर्ने धारणा राखे । कार्यक्रममा स्थापनाकालदेखि नै युनियनलाई महŒवपूर्ण योगदान पु¥याएको भन्दै विकलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो ।