पोशाक संरक्षणका लागि सद्भाव र्याली

सुर्खेत : सुर्खेतका युवाहरूले राष्ट्रिय पोशाक संरक्षणका लागि सद्भाव ¥याली निकालेका छन् । सातौं राष्ट्रिय पोशाक दिवसको अवसरमा बिहीवार वीरेन्द्रनगरमा ¥याली निकालिएको हो । राष्ट्रिय पोशाक संरक्षण माहाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा मंगलगढीचोकदेखि वीरेन्द्रनगरचोकसम्म पोशाकसहित सद्भाव र्¥याली निकालिएको हो ।

‘मेरा शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित यस वर्षको पोशाक दिवस मनाइएको छ । विगत ६ वर्षयता नेपालमा राष्ट्रिय पोशाक दिवसका रूप्मा १७ पुसलाई मनाइँदै आइएको छ । काभ्रेको बनेपामा २०६९ सालमा पहिलो पटक मनाइएको यो दिवस पछिल्लो समय देशभर मनाउने गरिएको छ । पोशाक दिवस मनाउन मंगलगढीचोकमा महिलाहरू गुन्यूचोली तथा पुरुषहरू ढाका टोपी र दौरासुरुवाल लगाएर सहभागी भएका थिए । नेपालको झण्डासमेत बोकेका उनीहरूले सद्भाव ¥याली निकालेका हुन् । साथै मंगलगढीचोकमा सरसफाइ समेत गरिएको अभियानका कर्णाली प्रदेश संयोजक कमल लामिछानेले जानकारी दिए । लामिछानेले पोशाकसँग नेपालीको पहिचान र सभ्यता पनि जोडिएकाले यसलाई भव्य रूपमा मनाउनुपर्ने धारणा राखे । साथै उनले पोशाक संरक्षणमा राज्यले समेत ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मितिः   १८ पुष २०७६, शुक्रबार ०८:५९