ढिस्कोले पुरिएर एक महिलाको मृत्य

डोल्पा : माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । डोल्पाको ठूलीभेरी नगरपालिका–५ हुँ गाँउकी २३ वर्षीया जुना बुढा बोहोराको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो । घर पोत्ने माटो खन्न गएको बेलामा माटोको ढिस्कोले पुरिँदा बिहीवार दिउँसो जुनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । माटोको ढिस्कोमा पुरिएको खबर माझफाल प्रहरी चौकीलाई जानकारी दिएलगत्तै प्रहरीको टोली र स्थानीयको सहयोगमा जुनाको उद्धार गरे पनि बचाउन नसकिएको उनका श्रीमान् शम्शेर बुढाले जानकारी दिए । कानुनी प्रक्रिया पूरा गरी शव श्रीमान् शम्शेर बुढालाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले बताए ।

प्रकाशित मितिः   १८ पुष २०७६, शुक्रबार ०८:५१