ओली र प्रचण्डबीच मतभेद

काठमाडौं : सभामुख चयनको विषयमा नेकपाका प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फरक मत भएको छ । रिक्त रहेको सभामुख चयनलाई लिएर प्रधानमन्त्री ओली र प्रचण्डबीच फरक मत आएको छ । नेकपामा सभामुख चयनको विषय पेचिलो बनिरहेको बेलामा प्रधानमन्त्री ओली र प्रचण्डले फरक धारणा राखेपछि झन् सकस बन्दै गएको छ । मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा भएको भेटघाटमा फरक मत भएको हो ।

प्रधानामन्त्री ओलीले सभामुखको लागि संसदीय दलको उपनेता तथा पूर्वसभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङलाई बनाउनुपर्ने अडान अगाडि सारेका छन् । अर्कातिर प्रचण्डले सभामुख आफ्नो पार्टीको भागमा परेको हुनाले प्रचण्डको रुचिका अग्निप्रसाद सापकोटालाई बनाउनैपर्ने अडान बोकेर बसेका छन् । ओली र प्रचण्डले आफ्नो रुचिको व्यक्तिलाई सभामुख बनाउनुपर्ने अडान राखेकै कारणले नेकपाभित्र सभामुखको विषयलाई लिएर पार्टीभित्रका नेताहरू दुई धुव्रमा केन्द्रित भएका छन् । ओलीले पार्टीभित्र सभामुखको लागि नेम्वाङकै पक्षमा सहमति जुटाउने प्रयास गरिरहका छन् । तर, ओलीले नेम्वाङको पक्षमा सहमति जुटाउन नसकेको खण्डमा उपसभामुखसमेत रहेको शिवमाया तुम्बाहाङफेलाई बनाउनुपर्ने प्रस्ताव तेर्साए । तत्कालीन माओवादी केन्द्रको भागमा रहेका सभामुखमा ओलीले तत्कालीन एमालेका दुईलाई प्रस्तावमा ल्याएपछि प्रचण्डलाई थप संकटमा परेका छन् । यद्यपि, ओलीले रुचाएको नेम्वाङको पक्षमा पार्टीभित्र बलियो मतआधार नभएकाले तुम्बाहाङफेको सम्भावना उत्तिकै धेरै छ ।

उप–सभामुख तुम्बाहाङफेले पक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीको समेत आड पाएको हुनाले सभामुख चयनमा नेकपाभित्र थप सकसपूर्ण बन्दै गएको छ । राष्ट्रपति भण्डारीलाई राजनीतिक हस्तक्षेप गरेको आरोपमा पटकपटक मुछिँदासमेत सभामुख चयनको विषयलाई लिएर पुनः सक्रिय भएकी छन् । सभामुख चयनमा राष्ट्रपति भण्डारी स्वयम् सक्रिय भएर तुम्बाहाङ्फेको पक्षमा लागेको हुनाले प्रचण्डलाई सभामुखको संकट थपिएको हो । उपसभामुख तुम्बाहाङ्फेलाई उप–सभामुखबाट राजीनामा गराएर मन्त्रिपरिषद् हेरफेरको क्रममा मन्त्रालय सुम्पने तयारी थियो । तर, राष्ट्रपति भण्डारीकै निर्देशनमा उप–सभामुखले राजीनामा नदिने अडान कसेपछि ओली–प्रचण्डको प्रयास विफल हुँदै गयो । ‘ओली र प्रचण्डको आन्तरिक छलफल भएका होलान् । तर, त्यसविषयमा पार्टीको पार्टीभित्र औपचारिक रूपमा छलफल गर्नको लागि भोलि सचिवालय बैठक बोलाइएको छ’ नेकपाका महासचिव विष्णु पौडेलले भने, ‘सभामुख पार्टीको निर्णयपछि मात्रै तोकिन्छ ।’ तर, नेताहरूको सभामुखका विषयमा पार्टीभित्र छलफल नभएको प्रतिक्रिया दिँदै छन् ।

नेकपा नेताहरू गुटगत शैलीमा सभामुखको विषयलाई लिएर पार्टीभित्र चर्काचर्कीसमेत हुने गरेको नेकपानिकट स्रोतको दाबी छ । तत्कालीन माओवादीभित्रै फरक मत सभामुखको विषयलाई लिएर पूर्वमाओवादी नेताहरू नै फरक मतमा उभिएका छन् । सभामुखमा तत्कालीन माओवादीभित्र आकांक्षी धेरै भएकाले नै नेताहरूको फरक मत भएको हो । अध्यक्ष प्रचण्डले रुचाइएका व्यक्ति सापकोटासहित, देव गुरुङ, पम्फा भुसाललगायत नेताहरूले सभामुखमा आ–आफ्नो लविङ गरिरहेका छन् । तर, अध्यक्ष प्रचण्डले सापकोटाको पक्षमा अडान कसेपछि तत्कालीन माओवादीभित्र नेताहरूको मत बाझिएको हो । पूर्व–माओवादीका एकपक्ष नेताहरूले सापकोटालाई बनाउनैपर्ने अडान राखेको छन् भने, अर्को पक्षका नेताहरूले नेम्वाङकै पक्षमा सहमति जनाएका छन् । केही समयअघि अध्यक्ष प्रचण्ड पनि नेम्वाङकै पक्षमा सहमति नजिक पुगेको भए पनि ओलीको अर्को प्रस्तावले प्रचण्डलाई थप दबाब सिर्जना भएको छ । ओलीले सभामुखका लागि नेम्वाङको विकल्पमा उपसभामुख तुम्बाहाङफेलाई बनाउने प्रस्ताव सारेपछि प्रचण्डमाथि दबाब बढेको हो । तर, पार्टी एकता भएपछि अझै आफ्नो भागको भएको भन्न नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङ जनाउँछन् । ‘सभामुख चयनको विषयमा धेरै हल्ला भएको छ । तर, पार्टीको निर्णयपछि मात्रै टुंगोमा पुग्छ’ उनले भने, ‘त्यसैले यहाँ कसको दाबी छ छैन भन्ने कुरा पार्टीको निर्णयमा निर्भर रहन्छ ।’

ओली–प्रचण्डको प्रयास विफल सभामुख चयनको विषयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डको प्रयास पटक–पटक विफल हुँदै गएको छ । पार्टीभित्र आन्तरिक गृहकार्य नपुगेकाले सभामुखको सहमति नजुट्दा ओली प्रचण्डको प्रयास विफल बन्दै गएको हो । उप–सभामुख तुम्बाहाङ्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्रिपरिषद् हेरफेरको क्रममा मन्त्रालय सुम्पने तयारी थियो । तर, राष्ट्रपति भण्डारीकै निर्देशनमा उपसभामुखले राजीनामा नदिने अडान कसेपछि ओली–प्रचण्डको प्रयास विफल हुँदै गयो । ओली र प्रचण्डले सभामुखको विषयमा पटकपटक वार्तामा बसे । तर, उनीहरूको वार्ताले सभामुख चयन गर्न सकिरहेको छैन । ओली प्रचण्डबीच सभामुखको सहमति जुट्न नसकेकै कारणले संसदको बैठकसमेत पटकपटक स्थगित हुँदै आएको छ ।

प्रकाशित मितिः   १८ पुष २०७६, शुक्रबार ०८:४९