प्रदेश अस्पताललाई सहयोग

सुर्खेत : जनहितकारी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २१औं वार्षिक स्थापना दिवसको अवसर पारेर प्रदेश अस्पताललाई सहयोग गरेको छ । सप्ताहव्यापी रूपमा स्थापना दिवस मनाउने क्रममा बिहीवार अस्पताललाई बेडसिट र फोहोर व्यवस्थापन गर्ने बाल्टी प्रदान गरिएको हो ।

प्रदेश अस्पताल सुर्खेतलाई २० वटा वेडसिट तथा दुई वटा फोहोर व्यवस्थापन गर्ने बाल्टी प्रदान गरिएको संस्थाका प्रबन्धक हिमलाल गौतमले जानकारी दिए । उक्त सामग्रीहरू जनहितकारी साकोसका निर्वतमान अध्यक्ष हरिहरनाथ योगीले प्रदेश अस्पताल सुर्खेतका अध्यक्ष श्यामलाल कँडेललाई हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गर्ने क्रममा योगीले अस्पताललाई वेडसिट र बाल्टी आवश्यक रहेको देखेपछि उक्त सामग्री सहयोग गरिएको बताए । अस्पतालका अध्यक्ष श्यामलाल कँडेलले सामग्री सहयोग गरेकोमा सहकारीलाई धन्यवाद ज्ञापन गरेका थिए ।