भागबन्डा नमिल्दा उपकुलपतिविहीन
काडमाडौं : भागबन्डा नमिल्दा ६ वटा विश्वविद्यालय उपकुलपतिविहीन भएका छन् । विश्वविद्यालयका उपकुलपतिको कार्यकाल गत भदौ पहिलो साता सकिएको थियो । समय सकिएपछि कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बढीमा तीन महिनाका लागि दैनिक काम सञ्चालन गर्न निमित्त उपकुलपतिको जिम्मेवारी तोकेको समय पनि सकिएको छ ।
समयमै उपकुलपति नियुक्त नहुँदा दैनिक प्रशासन मात्र सञ्चालन भएका छन् । विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठन भएको सर्च कमिटीले नाम सिफारिस गर्न नसक्दा अधिकांश विश्वविद्यालय कामचलाउ भएका छन् । विश्वविद्यालयबाट नीति योजना बनाउने काम गर्ने भन्दा पनि दैनिक प्रशासन चलाउने मात्र काम भएको छ ।
कार्यकाल सकिनेबित्तिकै कुलपतिले नेपाल संस्कृतका रेक्टर रमेश ढकाल, पूर्वाञ्चल विश्वविद्यालयका डिन विजयकुमार थपलिया, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रा.डा. शारदा थपलियालाई तीन महिनाका लागि निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको थियो । सुदूरपश्चिम विश्वविद्यालयमा प्रा.डा. पूर्णबहादुर चन्दलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्रा.डा. मस्तबहादुर गरन्जाले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका थिए । केही विश्वविद्यालयमा अर्को व्यवस्था नहुञ्जेल निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छ ।
प्रकाशित मितिः १८ पुष २०७६, शुक्रबार ०८:४४
साझा बिसौनी ।