पेट्रोलियमको मूल्य वृद्धि
काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । भारतबाट केही मूल्य बढेर आएकाले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रूपैयाँले बढेको छ ।
हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हालकै यथावत राखिएको छ । अब काठमाडौंमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ११ रूपैयाँ कायम भएको छ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय रूपैयाँ कायम गरिएको छ । यो मूल्य समायोजन गरे पश्चात नेपाल तर्फको वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा बिक्री मूल्य १८ रूपैयाँ ६७ पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा बिक्री मूल्य १८ रूपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ ।
प्रकाशित मितिः १७ पुष २०७६, बिहीबार १०:२९
साझा बिसौनी ।