करार कर्मचारीहरू आन्दोलित
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका करार कर्मचारीहरू स्थायी गर्न माग गर्दै आन्दोलित भएका छन् । करारका दुई सय २९ कर्मचारीहरूले स्थायी गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । कर्मचारीहरूले पुस १४ मा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सिनेट बैठकमा स्थायीको प्रस्ताव लैजान भन्दै आन्दोलन सार्वजनिक गरेका छन् । उनीहरूको आन्दोलन अन्तर्गत कालोपट्टी बाँधेर काम गर्ने, प्रतिष्ठानको नियमावली जलाउने लगायतका काम गरेका छन् ।
लामो समय सेवा गर्दा पनि स्थायीलगायत सेवा सुविधामा प्रतिष्ठानले बेवास्ता गरेकाले आफूहरू आन्दोलनमा उत्रिनु बाध्य भएको करार कर्मचारीको भनाइ छ । यता प्रतिष्ठानको उच्चस्तरको सबै टिम भने सिनेट बैठकका लागि काठमाडौंमा रहेका छन् । करारका कर्मचारीहरूलाई लोकसेवाले जिम्मा लिने भनेपछि स्वतः स्थायी गर्न गैरकानुनी हुने प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।
प्रकाशित मितिः १४ पुष २०७६, सोमबार १२:१३
साझा बिसौनी ।