दबाबका लागि दीप प्रज्वलन

बिसौनी संवाददाता
सुर्खेत, १७ चैत । 
अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदनको लागि दबाब दिने उद्देश्यले मानव अधिकार तथा शान्ति समाज, सुर्खेतले बुधवार वीरेन्द्रनगरमा शान्तिदीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । समाजका संस्थापक सभापति कृष्ण पहाडीले २०७० चैत्र १७ गतेदेखि ५ दिनसम्म सञ्चालन गरेको आमरण अनशनको स्मरण गर्दै शाखा सुर्खेतले पनि शान्तिदीप प्रज्वलन कार्यक्रमको आयोजना गरेको हो ।
दीप प्रज्वलन कार्यक्रममा बोल्दै मानव अधिकार तथा शान्ति समाज, सुर्खेतका सभापति देवेन्द्र सेजुवालले मुलुकमा दण्डहिनता मौलाएकाले दिन प्रतिदिन हिंसा बढेको बताउँदै शान्ति र अहिंसालाई संस्थागत गर्ने हो भने दण्डहिनतालाई अन्त्य गर्नको लागि रोम विधानलाई नेपालले तत्काल अनुमोदन गर्नुपर्ने बताएका थिए । त्यस्तै 
सोही अवसरमा समाजका उपसभापति राजकुमार सिंजापतिले मानव अधिकार तथा शान्ति 
समाज, केन्द्रीय कार्यालयले तयार पारेको अवधारणा पत्र समेत 
वाचन गरेका थिए । 
सुर्खेतको स्थानीय वीरेन्द्रचौकमा आयोजना भएको उक्त शान्तिदीप प्रज्वलन कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज, सुर्खेतका पूर्व सभापति जगतकुमार केसी, एम्नेस्टी इन्टरनेशनल नेपाल कांक्रेविहार युथ नेटवर्कका संयोजक भोजप्रसाद आचार्य लगायत विभिन्न्न संघ–संस्थाका प्रतिनिधि, नागरिक समाज तथा मानवअधिकारकर्मीको उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः   १८ चैत्र २०७२, बिहीबार ०६:४९