संघर्षपूर्ण बाल्यकाल
मदन खड्का एक सफल व्यवसायीका रूपमा परिचित नाम हो । उनी नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन कर्णाली प्रदेशका अध्यक्ष समेत हुन । वि.सं. २०३० असोज ३० गते बुवा बलबहादुर खड्का र आमा मैनकला खड्काको सन्तानका रूपमा दैलेखको तत्कालीन छिउडीपुसाकोट गाविस (हाल दुल्लू नगरपालिका वडा नं. ६) मा उनी जन्मिए । सुर्खेत उद्योग वाणिज्य संघका पूर्व महासचिव समेत रहेका खड्काले हाम्रा सहकर्मी मुना हमालसँग आफ्नो बाल्यकालको सम्झना यसरी साटे :
बाल्यकाल संघर्षमय थियो । रमाइलो पनि थियो । हाम्रो परिवार ठूलो थियो । पाँच भाइ र दुई दिदीबहिनी । दिदीहरूको विवाह भइसकेको थियो । घरमा दाजुभाइ र बुवाआमा मात्र थियौँ । बुवा शिक्षक हुनुहुन्थ्यो । आमा घरकै काममा व्यस्त । हामी आर्थिक रूपमा सम्पन्न परिवार थिएनौँ । बुवाको जागिरले मात्र परिवारको खर्च धान्न सकिदैंनथ्यो । खेतीपाती र गाईभैसी पाल्नै पथ्र्यो । त्यसैले घरको काममा हामीले आमालाई सघाउनु पर्ने हुन्थ्यो । पढाइ सँगसँगै हामीले घरको काममा सघाउँथ्यौँ । दिउँसो विद्यालय जाने र साँझ–बिहान पढ्थ्यौं । राती अबेरसम्म बसेर पढ्थ्यौँ । टुक्की बालेर पढ्थ्यौँ । म अझै अबेरसम्म बसेर पढ्थेँ । मलाई सम्झना भएसम्म म कक्षा दुईमा पढ्दादेखि नै घरको काममा सघाउने गर्थें ।
मैलै पढेको पहिलो विद्यालय नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिउडीपुसाकोट हो । उक्त विद्यालयमा कक्षा पाँचसम्म पढेँ । त्यसपछि दुल्लूको विजया माध्यमिक विद्यालयमा गएँ । छिउडीपुसाकोटबाट दुल्लू पुग्न झण्डै दुुई घण्टा समय लाग्थ्यो । बीचमा जंगलको बाटो हिँडेर जानुपथ्र्यो । विद्यालय जाँदा मकै, गहुँ भुटेर खाजा लैजान्थ्यौँ । रोटी–अचार पनि लिन्थ्यौँ । खाजा खाने समयमा हानथाप हुुन्थ्यो । कहिलेकाहीँ साथीहरूले लुकाएर राखेको खाजा खाइदिन्थे । जंगलमा प्रायः खाजा लुकाउने गरिन्थ्यो । काफल, चुत्रो पाक्ने समयमा धेरै रमाइलो हुन्थ्यो । जंगलमा काफल, चुत्रो खाँदै विद्यालय जाने गथ्र्यौं । दुल्लू पढ्न आउँदा धेरै साथीहरू हुन्थ्यौँ । केही साथीहरू विद्यालय नगएर जंगलमै बस्थे । काफल, चुत्रो पाइने समयमा उनीहरू दिनभरी जंगलमै भुल्थे । हामी विद्यालयबाट फर्किएपछि घर जान्थे । न उनीहरूलाई हामीले जसरी घरको काम गर्नुपथ्र्यो । केहीले हामीलाई पढ्नदास भएछौँ भनेर झगडा पनि गर्न खोज्थे । हामीलाई जंगलमै बस्न भन्थे । तर हामी कहिले पनि उनीहरूसँग जंगलमा बसेनौँ ।
बाल्यकालमा म कहिले पनि नडराउने, निडर स्वभावको थिएँ । अन्यायविरुद्ध बोलीहाल्थेँ । बाल्यकालमा मैले थाहा पाउने समयदेखि बदमासी भने गरेनँ । साथीहरूसँग खासै झै–झगडा पनि भएन । तर कोही मसँग लड्न आए भने त्यसको विरुद्ध उत्रिन्थेँ । साथीहरू योसँग लड्न हुन्न भनेर चाहि डराउँथे । २०४३ सालतिर पहिलो पटक सुर्खेत बजार आउने अवसर मिल्यो । त्यसबेलामा सुर्खेत एउटा सानो बजार थियो । दैलेखबाट नुन, तेल किन्न सुर्खेत नै आउनुपर्ने हुन्थ्यो । म बुवासँग आइरहन्थेँ । दैलेखबाट सुर्खेत आएर सामान किनेर फर्किन चार–पाँच दिन लाग्थ्यो । सडक, यातायातको सुविधा थिएन । मट्टितेल, नुन, किताब बोकेर कट्कुवा, सिद्धपाइलाको बाटो हुँदै घर गएको सम्झना अहिले पनि आउँछ ।
अहिलेको पुस्ताको बाल्यकालभन्दा त्यसबेलाको हाम्रो बाल्यकाल धेरै फरक छ । प्रविधिको विकासले बालबालिकाले धेरै सेवासुविधा पाएका छन् । त्यस बेलामा इमान्दारिता थियो । कसैसँग बोल्न डर लाग्थ्यो । गुरुलाई गर्ने सम्मान फरक थियो । हामी उहाँहरूसँग सिधा नजरले बोल्न सक्दैनथ्यौँ । अहिले धेरै नै खुल्ला भएको छ । हामीलाई सानैदेखि नैतिक शिक्षा पढाइन्थ्यो । अहिले नैतिक शिक्षा पढाएको पाइदैन । तर अहिलेको बालबालिकाका नैतिक शिक्षा पढाउन जरुरी छ । हामीले भनेको समयमा राम्रो लगाउन समेत पाउँदैनथ्यौं । खाली खुट्टा हिँड्नुपथ्र्यो । कपडा भने वर्षमा दुई जोरसम्म किनिन्थ्यो । म आठ–नौं कक्षा पढ्ने बेलामा जुत्ता लाएको हो । एसएलसी भन्दा अघि दुई पटक जुत्ता किनेर लगाएको सम्झना छ । गाउँमै छालाका जुत्ता बनाउथे । कपडा किन्ने भनेको विशेष गरेर चाडपर्वमा हुन्थ्यो ।
मेरो पढाइ मध्यम खालको थियो । कहिले पनि पढाइमा असफल भइनँ । सानो छँदा विशेष गरेर पढ्न रमाइलो लाग्थ्यो । अहिले सम्झदा पनि रमाइलो लाग्छ । कपडाको भकुण्डो गराएर खेल्थ्यौँ । कहिलेकाहीँ विद्यालयमा बल देख्न पाइन्थ्यो । गुच्छा पनि धेरै खेल्थ्याँै । अहिले ती दिनहरू सम्झदा रमाइलो लाग्छ । २०४७ सालमा एसएलसी पछि म भागेर भारतको इन्दोर भन्ने ठाउँमा गएँ । त्यसअघि म नेपालगन्जसम्म पनि गएको थिएन । सानै उमेरमा एक्लै हिँडेर जाँदा गाह्रोे त हुने भइहाल्यो । रूपैडिया पुगेपछि दुई जना दशरथपुरका साथीहरू भेटिए । त्यसभन्दा अघि म भारतको कुन ठाउँ जादैछु भन्ने पनि थाहा थिएन । घरबाट झगडा गरेर हिँडेकाले फर्किएर आउन्न उतै बस्छु भन्ने मात्र सोचेको थिएँ । उनीहरूको एक जना आफन्त भारतीय सेनामा भएकाले उनीहरू भेट्न जान लागेका रहेछन् । उनीहरूसँग भेट भएपछि म इन्दोर पुगँे । त्यहाँ गएर उनीहरूका आफन्तलाई भेटाउन सकेनौँ । आफूहरूसँग भएको पैसा पनि सकिएपछि सडकको पेटीमा बास भयो । पछि उनीहरू दुवै जनालाई जागिर लगाएर मैले पनि सेक्युरेटी गार्डको काम पाएँ । उतै पढ्ने भनेर तयारी पनि गरेँ । तर मलेरिया भएर म थलिएँ । पछि घर फर्किएँ र पढाइलाई निरन्तरता दिएँ । बीएलसम्म पढेपछि व्यवसायलाई अंगाले । बाल्यकालमा त्यस्तो केही बन्छु भन्ने त मैले सोचेको थिएन । तर एसएलसी पछि भने मैले कानुन विषय पढेर न्यायाधीश बन्छु भन्ने सपना थियो । त्यही अनुसार मैले बीएलसम्म अध्ययन गरँे । तर पछि विभिन्न परिस्थितिले मलाई व्यवसायी बनायो ।
जीवनको यात्रा एउटा रेल जस्तै हो । रेल जुन लामो यात्रामा हिँडेको हुुन्छ । कहीँकतै लिक छोडेर बाहिर गयो भने ठूलो दुर्घटना हुन्छ । त्यसैले जीवनमा गलत कहिले गर्नुहुँदैन । मुख्य कुरा इमान हुनुपर्छ । लगनशील र इमान्दारिता भयो भने जीवनलाई सहज बनाउन सकिन्छ र सफलता पनि मिल्छ । मैले बाल्यकालबाट यिनै कुरा सिक्ने अवसर पाएँ । बाल्यकालमा जुन संघर्ष गरेँ त्यसैले मलाई यहाँसम्म पु¥यायो भन्ने लाग्छ । त्यसबेला हामी इमान्दारिताकासाथ पढ्यौँ र घरको काम ग¥यौँ । दायाँबायाँ कतै लागेनौँ । आज त्यसैको प्रतिफल यो ठाउँमा छु भन्ने लाग्छ ।
प्रकाशित मितिः १४ पुष २०७६, सोमबार १२:०७
साझा बिसौनी ।