सुर्खेतमा वीपीको सम्झना

BPसाझा बिसौनी संवाददाता
सुर्खेत, ६ साउन ।
३४ औं वीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सम्झना गरिएको छ । नेपाली कांग्रेस तथा उसका भ्रातृ सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी बिहीवार वीपी स्मृति दिवस मनाएका छन् । सुर्खेतमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाइएको छ ।
नेपाली कांग्रेसले विचार गोष्ठीको आयोजना ग¥यो । गोष्ठीमा वीपीको योगदानको चर्चा गरिएको थियो । कार्यक्रममा कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगका अध्यक्ष डा. राधा शाह, कांग्रेस सुर्खेतका पूर्व सभापति डम्बर जीसी, कांग्रेस सुर्खेतका कोषाध्यक्ष अनन्तप्रसाद पौडेल, मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्बर ढकाल, अधिवक्ता ध्रुवकुमार श्रेष्ठ, मध्यपश्चिम यातायात व्यवसायी संघका अध्यक्ष विष्णुबहादुर खड्का लगायतको सहभागिता रहेको कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. २ सुर्खेतका सभापति नारायणकुमार कोइरालाको सभापतित्वमा सम्पन्न भएको हो ।
यसैबीच वीपी चिन्तन प्रतिष्ठान सुर्खेतले पनि वीरेन्द्रनगरमा ३४ औं वीपी स्मृति दिवसको अवसरमा चियामिलन कार्यक्रम आयोजना गरेर वीपीको सम्झना गरेको छ । प्रतिष्ठानका अध्यक्ष सुशील शर्माको सभापतित्वमा भएको कार्यक्रममा सहभागी कांग्रेसका नेता कार्यकर्ताले वीपीको तस्विरमा पुष्पगुच्छा अर्पण गरेर उनीप्रति सम्मान प्रकट गरेका थिए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन सङ्घर्ष गरेका नेता कोइरालाको वि.सं. २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई वीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ । वि.सं. २००५ सालमा बनारश, २००९ सालमा जनकपुर र २०१७ सालमा काठमाडौंमा भएका कांग्रेसको महाधिवेशनमा
उनले उक्त पार्टीको सभापतिको जिम्मेवारी प्राप्त गरेका थिए ।
२०१५ सालमा बहुदलीय व्यवस्थामा आधारित संसदको निर्वाचनमा विराटनगरबाट विजयी बनेका वीपी २०१६ साल असार १६ गतेदेखि २०१७ साल पौष १ गतेसम्म नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री रहेका थिए । राजनीतिका साथै साहित्यका क्षेत्रमा समेत महŒवपूर्ण योगदान पु¥याएका कोइरालाका विभिन्न कृतिहरू प्रकाशित छन् ।

प्रकाशित मितिः   ७ श्रावण २०७३, शुक्रबार ०८:५१