गर्भवतीको उद्धार
सुर्खेत : मुगुकी एक गर्भवती महिलाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमाली जिल्ला मुगुमा बुधवार साँझदेखि सुत्केरी व्यथा लागेर जिल्ला अस्पतालमा भर्ना गरिएकी गर्भवती महिलाको नेपाली सेनाको हेलिकोप्टरमार्फत बिहीवार अपरान्ह उद्धार गरिएको हो । खत्याड गाउँपालिका–६ रास्कोटीवाडा गाउँमा विवाह गरी हाल छायाँनाथ रारा नगरपालिका–१ मा रहेको माइतीघरमा रहेकी २२ वर्षीया भाग्यश्वरी मल्ललाई बिहीवार सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो । व्यथाले च्यापेर जिल्ला अस्पतालमा पु¥याइएकी मल्लको पेटमा जुम्ल्याह शिशु रहेको र सुत्केरी हुने समय अझै डेढ महिना बाँकी रहेकाले जिल्ला अस्पतालमा सुत्केरी गराउँदा आमाको स्वास्थ्यमा समस्या आउन सक्ने देखिएकाले सुविधा सम्पन्न स्थानमा लैजान भनिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।
जिल्ला अस्पतालमा भर्ना गरिएकी गर्भवती महिलाको अवस्था जटिल छ भन्ने जानकारी प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयको पहलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकोप्टरमार्फत सुत्केरी हुन नसकेकी महिलाको उद्धार गरिएको प्रजिअ जयकुमार घिमिरेले बताए ।
प्रकाशित मितिः ११ पुष २०७६, शुक्रबार ०९:००
साझा बिसौनी ।