सुर्खेत लगानी वर्ष–२०७३, घोषणामै अन्यौल

LOGO of SIYसाझा बिसौनी संवाददाता
सुर्खेत, ६ साउन ।
मुलुकको अस्थिर राजनीतिले सुर्खेत लगानी वर्ष पनि प्रभावित बनेको छ । सुर्खेत उद्योग वाणिज्य संघले वि.सं. २०७३ लाई लगानी वर्षको रूपमा मनाउने तयारी गरेको
छ । तर लगानी वर्ष घोषणाको अन्तिम तयारी भइरहेका बेला सुरु भएको सरकार परिवर्तनको ‘खेल’ले यसलाई पनि प्रभावित पारेको हो ।
यही साउन ११ गते उद्योग मन्त्रीलाई नै सुर्खेतमा ल्याएर लगानी वर्ष घोषणा गर्ने कार्यतालिका उद्योग वाणिज्य संघले तय गरेको थियो । तर उक्त कार्यकालिका अनिश्चित बन्न पुगेको छ । अहिलेको अवस्थामा मन्त्री आउने सम्भावना नभएपछि संघले घोषणा मिति पुनरावलोकन गर्ने तयारी गरेको छ । साउन ११ गतेलाई तय गरिएको लगानी वर्ष घोषणा मिति केही समय पछाडि सारेर सरकारको टुङ्गो लागिसकेपछि मात्र घोषणा गर्ने मनस्थितिमा संघका प्रतिनिधि
पुगेका छन् ।
सुर्खेत उद्योग वाणिज्य संघमा प्रकाश अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएलगत्तै सुर्खेत लगानी वर्ष २०७३ मनाउने निर्णय संघले गरेको थियो । संघको प्रारम्भिक कार्ययोजना अन्तर्गत २०७३ सालको सुरुवातमै अर्थात् वैशाखमै लगानी वर्षको औपचारिक घोषणा गरी कार्यान्वयन गर्ने निर्णय भएको थियो । तर आवश्यक तयारी नपुगेका कारण संघले असार मसान्तभित्रै घोषणा गर्ने निर्णय ग¥यो । तर असार मसान्तमा पनि घोषणा हुन सकेन । उक्त निर्धारित समयभित्र घोषणा गर्न नसकिने अवस्था आएपछि संघले असार २० गते पत्रकार सम्मेलन गरी नयाँ मिति सार्वजनिक गरेको थियो । साउन ११ गते घोषणा गर्नेगरी सबै तयारी पूरा भएको संघले जनाए पनि फेरि मिति सार्नुपर्ने अवस्था सिर्जना भएको छ । यसले २०७३ सालको पहिलो तीन महिना बितिसक्दा पनि लगानी वर्ष अन्यौलमा परेको छ ।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले मन्त्रीलाई नै ल्याएर घोषणा गर्ने तयारी भएको तर यसबीचमा सरकार परिवर्तनका विषयमा देखिएको अन्यौलताले ढिलाइ हुन गएको बताए । यद्यपि यही अन्यौलता लम्बिने अवस्था आएमा मन्त्रालयका सचिवलाई ल्याएर भए पनि उद्घाटन गरिने उनले जनाए । ‘हामीले आवश्यक सबै तयारी गरिसकेका छौं, मन्त्रीमार्फत् नै उद्घाटन गर्ने योजना थियो तर मुलुकको अहिलेको अवस्थाले अन्यौलता सिर्जना गरिदिएको छ तर जतिसक्दो छिटो हामी घोषणा गर्नेछौं’ उनले भने ।
जिल्लामा लगानीको वातावरण सिर्जना गर्ने उद्देश्यले लगानी वर्षको आयोजना गर्न लागिएको हो । लगानी वर्षको क्रममा सुर्खेतमा ६ अर्ब रूपैयाँ लगानी भिœयाउने लक्ष्य आयोजक सुर्खेत उद्योग वाणिज्य संघले राखेको छ । सुर्खेतमा कृषि, जडिबुटी र जलविद्युतको क्षेत्रमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरू तयार भएको भन्दै संघका अध्यक्ष अधिकारीले निजी क्षेत्रबाट भएको प्रयासमा सरकारले पनि सहयोग गर्नुपर्ने बताए । यस्तै यो अवधिमा एक लाख पर्यटक जिल्लामा भित्रिने दाबी आयोजकले गरेका छन् ।
लगानी वर्ष मनाउने तयारीले यहाँका उद्योगी तथा व्यवसायीहरू पनि उत्साहित भएका छन् । लगानीको वातावरण नहुँदा थला परेको आर्थिक विकासको गति अब अगाडि बढ्ने उनीहरूको विश्वास रहेको छ । लगानी वर्षको अवधिमा जिल्लामा थप नयाँ उद्योग तथा पर्यटन क्षेत्रको सम्भाव्यता अध्ययन गरिनेछ । व्यवसायी टुकाराम लामिछाने जिल्लाको आर्थिक विकास र पर्यटन प्रबद्र्धनका लागि लगानी वर्षले सघाउ पु¥याउने बताउँछन् । यद्यपि तीन महिना बितिसक्दा पनि लगानी वर्ष घोषणामा भएको ढिलाइले व्यवसायीहरूमा आशङ्का समेत पैदा भएको छ ।
लगानी वर्षकै उद्घाटनको अवसरमा गुटुमा रहेको चौकुने सिमेन्ट उद्योगको पनि शिलान्यास गरिने बताइएको छ । निर्माणको सम्झौता भएर पनि लामो समयसम्म सञ्चालनमा नआएको चौकुने सिमेन्ट उद्योग निर्माणको काम समेत हाल सुरु भइसकेको छ । लगानी वर्ष सफल भए सुर्खेतको मात्र नभइ समग्र ६ नम्बर प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः   ७ श्रावण २०७३, शुक्रबार ०८:३७