परिचय–पत्र वितरण शिविर सम्पन्न

सुर्खेत : लेकवेशी नगरपालिकामा अपाङ्गता परिचय–पत्र वितरण शिविर सम्पन्न भएको छ । गत मंसिर २१ गतेदेखि सुरु भएको अपाङ्गता परिचय–पत्र वितरण तथा निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको हो ।

शिविरमा लेकवेशी नगरपालिका अन्तर्गतका ‘क’ वर्गका ४४ जना, ‘ख’ वर्गका ८३ जना, ‘ग’ वर्गका ८६ जना, ‘घ’ वर्गका एक सय पाँच जना गरी तीन सय १८ जनालाइ अपाङ्गता परिचय–पत्र वितरण गर्नुका साथै चिकित्सकहरूमार्फत निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो । नगरपालिकाको अपाङ्गता परिचय–पत्र वितरण कार्यविधि २०७६ बमोजिम नयाँ अपाङ्गता परिचय–पत्र वितरणका साथै पुरानालाई अपाङ्गता परिचय–पत्र नविकरणको सेवा समेत प्रदान गरिएको जनाइएको छ । शिविरको समापन कार्यक्रम नगरपालिकाका कार्यवाहक प्रमुख तथा अपाङ्गता परिचय–पत्र वितरण समन्वय समितिका संयोजक शान्तीकुमारी छन्तेलको अध्यक्षतमा सम्पन्न भएको हो ।

प्रकाशित मितिः   ७ पुष २०७६, सोमबार ०९:४६