नयाँ मार्गको अध्यक्षमा खड्का

सुर्खेत  : नयाँ मार्ग टोल विकास संस्था वीरेन्द्रनगर–३, सुर्खेतको अध्यक्षमा इन्द्रबहादुर खड्का चयन भएका छन् । संस्थाको प्रथम साधारणसभाले खड्काको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा जगतमाया शर्मा, सचिवमा विवेक खड्का, सह–सचिवमा भीमबहादुर शेर्पा, कोषाध्यक्षमा शान्ति कार्की रहेका छन् । यस्तै सदस्यहरूमा विष्णु चौधरी, वेदबहादुर थापा, जीतकुमारी थापा, नन्दा थापा, धिरेन्द्र शाही, मञ्जु सिजाली, कल्पना तिवारी र माया थापा चयन भएका छन् । संस्थाको सल्लाहकारमा त्रिभुवन बिसी, इन्द्रबहादुर गौतम, दिलिपसिंह ठकुरी, लक्ष्मण कँडेल, हर्कबहादुर खड्का, लोकबहादुर थापा, डम्बरबहादुर महतारा, गोपाल गिरी र जनक थापा चयन भएका छन् ।