महासंघको अध्यक्षमा शाह
सुर्खेत : होटल व्यवसायी महासंघ नेपालको अध्यक्षमा हिराध्वज शाह निर्वाचित भएका छन् । वीरेन्द्रनगरमा सम्पन्न महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनले शाहकोअध्यक्षतामा ७३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
महासंघको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्षमा जनकबहादुर शाही र द्वितीय उपाध्यक्षमा केपी शर्मा निर्वाचित भएका छन् । यस्तै महासंघको उपाध्यक्षमा इमादुु बराल, इच्छाबहादुर वाग्ले, विश्वराज खनाल र मीनादेवी गौतम रहेका छन् । महासचिवमा विरमञ्जन बटाला, उप–महासचिव शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की र सह–कोषाध्यक्षमा मोदनाथ बेलवासे निर्वाचित हुँदा सचिवमा दीर्घमान गुरुङ, परमान्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुुलसीराम भण्डारी, राजु अधिकारी र गणेबहादुर खड्का निर्वाचति भएका हुन् ।
महाधिवेशनले धनेश्वर भण्डारीको संयोजकत्वमा १२ सदस्यीय केन्द्रीय लेखा समिति चयन गरेको छ । कर्णाली प्रदेशको अध्यक्षमा तर्कबहादुर शाही निर्विरोध निर्वाचित भएका छन् । शाहीको अध्यक्षतामा ११ सदस्यीय प्रदेश समिति गठन गरिएको हो । यही पुस ४ गतेदेखि महासंघको तेस्रो राष्ट्रिय महाधिवेशन सुरु भएको थियो ।
प्रकाशित मितिः ७ पुष २०७६, सोमबार ०९:४४
साझा बिसौनी ।