भिडियो कन्फ्रेन्समार्फत अध्यापन

सुर्खेत : मध्यपश्चिमाञ्चल विश्व–विद्यालय स्कूल अफ म्यानेजमेन्ट (मुसुम)मा भिडियो कन्फ्रेन्समार्फत अध्यापन सुरु हु्ने भएको छ । लखनउको ईन्डियन इन्स्टिच्यूट अफ म्यानेजमेन्ट (आईआईएम)सँग सम्झौता भएपश्चात् मुुसुममा भिडियो कन्फ्रेन्समार्फत अध्यापन सुरु हुने भएको हो ।

गत बुधवार आईआईएमसँग सम्झौता गरिएको मुसुमका निर्देशक डा. सुशील शाहीले जानकारी दिए । उनले यसअघि इन्दोरसँग गरेको सम्झौता आर्थिक समस्याका कारण केही ढिला भए पनि आईआईएमसँग गरेको सम्झौता भने छिट्टै कार्यान्वयन हुने बताए । सम्झौतापश्चात मुसुमका विद्यार्थीहरू लखनउको ईन्डियन इन्स्टिच्यूट अफ म्यानेजमेन्टमा गएर समेत अध्ययन गर्न पाउने, अनुगमनमा समेत जान पाउने भएको उनले जानकारी दिए ।

प्रकाशित मितिः   ७ पुष २०७६, सोमबार ०९:४१