निडर पूर्णा

                          पूर्णा चालिसे

पूर्णा चालिसे जिल्ला समन्वय समिति सुर्खेतको सदस्य हुुन् । वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार भइ वीरेन्द्रनगर नगरपालिका वडा नं. ६ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् । त्यसपछि जिल्ला समन्वय समितिको निर्वाचनमा उनी सदस्यमा निर्वाचित भइन् । वि.सं. २०२८ जेठ ३ गते बुबा दुुर्गाप्रसाद रिजाल र आमा जमुुना रिजालको जेठो सन्तानका रूपमा दैलेखको गुुराँस गाउँपालिकाको पिलाडीमा जन्मिएकी चालिसे नेपाल महिला संघ वीरेन्द्रनगर नगर समितिको अध्यक्ष समेत हुुन् । राजनीतिमा सक्रिय चालिसेले आफ्नो बाल्यकालको सम्झना हाम्रा सहकर्मी मुना हमालसँग यसरी साटिन् ः

बाल्यकाल रमाइलोसँग बित्यो । दुःख भोग्नुु परेन । दैलेखको गुुराँस गाउँपालिकाको पिलाडीमा जन्मिएपनि बाल्यकाल भने मेरो सुुर्खेतमा नै बित्यो । म घरको जेठो सन्तान । म भन्दा अघि जन्मिदै बित्ने गरेपनि म जन्मिएपछि मलाई केही नभएको र म पछि जन्मिएका भाइबहिनीहरू बाँचेकाले सबैले मलाई माया गर्नुुहुुन्थ्यो । म सन्तानभरीकै जेठी छोरी थिएँ । सबैले ठूली छोरी भनेर बोलाउहुुन्थ्यो । सबैको माया र ममतामा हुुर्किएँ ।

म जन्मिएकै वर्ष बुुवाहरू बसाइँ सरेर सुुर्खेत आउनुुभयो । तत्तकालिन उत्तरगंगा गाविसमा बसाई सरेर आएका थियौँ । म झण्डै ६ वर्ष भएपछि मात्र विद्यालय गएँ । त्यस बेलामा छोेरीलाई पढाउनुुहुन्न भन्ने समाज थियो । अहिले त छोरीलाई लगानी गर्न पछि हट्ने हाम्रो नेपाली समाज त्यसबेलामा छोरीलाई पढाउँछन् र भन्ने प्रश्न गरिन्थ्यो । तर मेरो परिवारले मलाई विद्यालय पठायो । मैले पढ्न पाएँ । प्रभात माध्यमिक विद्यालय कोलडाँडामा मैले कक्षा १ मा पढेँ । त्यसपछि वीरेन्द्रनगर–६ बजारमा बस्न थाल्यौँ । बुुबाको चिया पसल थियो । पिलाडे साउजी भनेर चिन्थे । त्यस बेलामा हाम्रो चिया पसल चर्चित नै थियो ।

बजार आएपछि मैले नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाँडास्कुलमा पढेँ । कक्षा दुुईमा नाम लेखाएर बजारमा पढ्न थालँे । हाम्रो चार जनाको समूह थियो । सबै केटी साथि मात्र थियाँै । हाइस्कुल पढ्दासम्म हाम्रो साथ उत्तिकै रमाइलो थियो । हामीसँगै बस्ने, खानेसँगै नै हुुन्थ्यो । धेरै मिल्थ्यौँ । म सानोमा कसैसँग पनि नडराउने, निडर, एकदमै हक्की स्वभावको थिएँ । त्यसैले मलाई सबैले यसले केही गर्छे भनेर भन्नुुहुुन्थ्यो । खास भन्नुु पर्दा हामी चार जना साथीहरू नै हक्की स्वभावको थियौँ । त्यसैले हामीलाई सबैले दादाहरूको ग्रुप भनेर सम्बोधन गर्थे । हाइस्कुलसम्म पढ्दा पनि शिक्षकहरूले दादा नै भनेर बोलाउँथे । यिनीहरूलाई केही भन्नुु हुुन्न है भन्ने खालको साथीहरूमा थियो । त्यसैले सबै साथीहरू हामीसँग मिल्थे ।

त्यस समयमा अहिलेको जस्तो फिल्म हल भन्ने थिएन । भिडियो हल थियो । प्रायः हिन्दी फिल्म लागिरहन्थ्यो । विद्यालयबाट भागेर फिल्म हेर्न जान्थ्यौँ । विद्यालयको गेटमा बस्ने पालेलाई पाँच–छ रूपैयाँ दिएर फकाउँथ्यौँ । अनि उहाँले गेटबाट जान दिनुुहुन्थ्यो । प्रायः नयाँ फिल्म हेर्न जानेबेलामा विद्यालयमा पालेलाई फकाएर जान्थ्यौँ । सरहरूले थाहा पाएर पिटाई पनि खाइन्थ्यो । हातमा बेस्सरी पिट्नुुहुन्थ्यो । तर पनि नयाँ फिल्म लागेपछि हामी विद्यालयबाट भागेर फिल्म हल पुुगिहाल्थ्यौँ । त्यहाँ पनि हाम्रो समूहलाई दादाको ग्रुुप आयो है यिनीहरू पैसा नतिरेर हेर्ने गुु्रप हुुन् भनेर भन्थे ।

बदमासी पनि गरिन्थ्यो । त्यस बेलामा दैलेखबाट सुन्तला बेच्न आउँथे । एक रूपैयाँको १० वटा सुन्तला दिन्थे । हाम्रो चिया पसल भएकाले मसँग पैसा हुुन्थ्यो । हामीले चार–पाँच रूपैयाँ गराएर सुन्तला किन्न जान्थ्यौँ । तर सुन्तलाको डोको नै रित्तो गराउँथ्यौँ । चार जनाको साथीको टिमले डोको नै रित्तो गराएपछि भागाभाग नै हुुन्थ्यो कहिलेकाहीँ । पछि त उनीहरूले केटाकेटीले सुन्तला चोर्छन् भनेर सुुन्तला किन्दा पनि छैन भनिदिन्थे । एक पटक म विद्यालय नगएको बेलामा एक जना साथीले सुुन्तला चोरेर घरमा डोकोमा लुकाएर राखेको रहेछ । म उसको घर जाने बेलामा देखेँ । मैले त्यो सुुन्तला चोरेर घरमा ल्याएर खाएँ । पछि साथीले थाहा पाएर हाम्रो झगडा नै परेको थियो । अहिले ती दिनहरू सम्झदा रमाइलो लाग्छ ।

बाल्यकालमा काम र पढाइ भन्दा पनि खेल्न रमाउन नै बढी मन लाग्थ्यो । त्यस बेलामा कपर्दी, लुुकामारी धेरै खेल्थ्यौँ । हाइस्कुल (हाल जनमावि)को चौर, कक्षा कोठामा लुकामारी खेलेको अहिले पनि सम्झना ताजा नै छ । रुखहरूमा समेत चढेर लुकामारी खेल्थ्यौँ । कहिले बोरा भित्र लुक्ने । साथीहरूलाई भेटाउन साह्र गाह्रो हुुन्थ्यो । म खेलकुुदमा रुचि राख्थँे । विद्यालयमा हुुने अतिरिक्त क्रियाकलापहरूमा प्रायः भाग लिन्थँे । म अलि अग्लो भएकाले हाइजम्प, लङजम्प खेल्थँे । अहिले भन्दा त्यस बेलाको जमना एकदमै सुरक्षित लाग्थ्यो । राती पनि हामीहरू एक्लै हिँड्थ्यौँ । हामीसँग केटा साथीहरू पनि हुुन्थे । सुरक्षित नै महसुस गर्ने जमाना थियो भन्ने लाग्छ ।

बाल्यकालमा चाडपर्व रमाइला लाग्थ्यो । नयाँ वर्ष आयो भने अब तिज, दशैं र तिहार आउन यति समय बाँकी भनेर दिन गन्न सुुरु हुुन्थ्यो । मलाई सबैभन्दा बढी तिहार रमाइलो लाग्थ्यो । भैली खेल्न पाउने भएकाले पनि तिहार विशेष रमाइलो लाग्थ्यो । सुुर्खेतमा भर्खरै ट्रकहरू आउन थालेका थिए । हामी ट्रकमा चढेर भेरीसम्म पुुग्थ्यौँ । अनि त्यहाँ फेरी तरेर पारी जान्थ्यौँ । त्यस बेलामा पुल बनिसकेको थिएन । पछि उताबाट फेरी हामी ट्रकमै वीरेन्द्रनगर आउथ्यौँ । साथिहरूमा यो ट्रक मेरो अनि तेरो भनेर भन्थ्यौँ । रमाइलो हुुन्थ्यो । वीरेन्द्रनगरमा पानीको धेरै नै दुःख थियो । बस्ती बाक्लो हुुँदै गएको थियो । धारा भने दुुई–तीन वटा मात्र थिए । पानी लिनको लागि चिसापानी वा बुलबुले जानुु पथ्र्यो । धारामा गएर मलाई दादा आयो भने पानी भर्न पहिले नै पालो दिन्थे ।

त्यसबेलामा सानै उमेरमा मागेर विवाह गरिदिने चलन थियो । मेरो कक्षा ६ पास गरेपछि विवाह भयो । तर मैले विवाहपछि पनि पढ्ने अवसर पाएँ । माइतीमा जस्तो घरमा त हुुन्थेन । बिहान उठेर घरको काम गरेर पढ्न आउनुुपर्ने हुुन्थ्यो । म पढाइमा राम्रो विद्यार्थी थिएँ । डाँडास्कुल पढ्दा सरहरूले हाइस्कुलमा गएपछि पनि यो स्तरको पढाईलाई निरन्तरता दिनुु र अझै राम्रो गर्दै जानुु भनेर भन्नुहुुन्थ्यो । मलाई यसले जसले पनि यसले पछि केही गर्छे भन्ने गर्थे । मेरो लक्ष्य कानुन विषय पढेर महिलाका विषयमा वकालत गर्ने थियो । तर विभिन्न बाधाले मैले कानुन विषय पढ्न पाइनँ । जति मैले रमाउन, खेल्न सानै उमेरमा भयो । पछि विवाह भएपछि भने घरव्यवहारसंगै पढाईलाई अघि बढाउनुुपर्ने हुुन्थ्यो ।

मेरो दुुवै परिवार राजनीतिक पृष्ठभूमिको हुुनुुहुन्थ्यो । माइतीमा पनि बुुबा राजनीति गर्नुहुुन्थ्यो । उहाँले मेरो छोरीले राजनीतिमै केही गरोस् भन्ने चाहनुुहुन्थ्यो । घरमा पनि ससुराबुुवा राजनीतिमा हुुनुुहुुन्थ्यो । उहाँ त्यस बेलामा वडा अध्यक्ष हुुुनुुहुुन्थ्यो । उहाँ नेपाली कांग्रेसमा आवद्ध हुुनुुहुन्थ्यो । पछि म पनि राजनीतिमै आवद्ध भएँ । महिला संघमा आवद्ध भएँ । वडा अध्यक्ष हुुँदै काम गर्ने अवसर पाएँ । अलिले म नेपाल महिला संघको वीरेन्द्रनगर नगर समितिको अध्यक्ष छु । मेरो बाल्यकालको सपना कानुन पढेर वकालत गर्ने पूरा नभए पनि राजनीति पेसामा रहेर वकालत गर्ने अवसर पाएको छु । राजनीतिबाट समाजको सेवा गर्ने मौका पाएको छु । म यसैमा सन्तुुष्टी छुु ।

प्रकाशित मितिः   ७ पुष २०७६, सोमबार ०८:००