समन्वय परिषद्को दोस्रो बैठक बस्दै

सुर्खेत : कर्णाली प्रदेश समन्वय परिषद्को दोस्रो बैठक यही पुस १० र ११ गते बस्ने भएको छ । बुधवार बसेको प्रदेश समन्वय समितिको तयारी बैठकले सुर्खेतमा परिषद्को बैठक गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए ।

उनका अनुसार बैठकमा प्रदेश सरकारले हालसम्म गरेका गतिविधिहरूको बारेमा छलफल, प्रदेशको आवधिक योजनाको विषय र आगामी जनगणनाको विषयमा समेत छलफल गरिने भएको छ । त्यस्तै प्रदेश र स्थानीय तहले समन्वय गरी गर्नुपर्ने कामको विषयमा समेत छलफल हुने उनले बताए । बैठकमा कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहका प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रतिनिधि र कर्मचारीहरूमा प्रशासकीय अधिकृतहरूको सहभागिता रहने उपाध्यायले जनाए ।