भिडियोमार्फत नागरिक–सांसद संवाद

सुर्खेत : कर्णालीका नागरिकले अब भिडियोमार्फत आफ्ना कुरा प्रदेशसभा सदस्यहरूसँग राख्न पाउने भएका छन् । जनताको सुझाव र गुनासो सांसदहरूसँग राख्नका लागि भिडियो कन्फ्रेन्सको व्यवस्था गरिएको छ । संसद् सहयोग परियोजनाको आर्थिक सहयोगमा कर्णालीका सात जिल्लामा भिडियो कन्फ्रेन्सको व्यवस्था गरिएको हो । कर्णाली प्रदेशसभासहित सुुर्खेत, दैलेख, कालिकोट, जुम्ला, रुकुम पश्चिम, सल्यान र जाजरकोटमा सुुरु गरिएको छ । बाँकी तीन जिल्ला हुम्ला, डोल्पा र मुगुमा प्राविधिक कारण सेवा दिन नसकिएकोले केही समयपछि सुरु गरिने जनाइएको छ ।

अब नागरिकले सम्बन्धित जिल्ला समन्वय समितिमा गएर आफ्ना जिल्लाका सांसदहरूसँग गुुनासा राख्न सक्नेछन् । भिडियो कन्फ्रेन्स सञ्चालनका लागि प्रदेशसभामा प्राविधिक र फोर्कल पर्सन राखिने र अन्य जिल्लामा पनि प्राविधिक र फोकल पर्सनको सहयोगमा जनता र सांसदहरूबीच भिडियोकल हुुनेछ । सभामुुख राजबहादुर शाहीले जनताले आफ्ना गुुनासाहरू सांसदहरूसँग राख्ने र संसद्मार्फत सरकारको ध्यानाकर्षण गराउने बताए । भौगोलिक रूपमा विकट रहेको कर्णालीमा सांसद र जनताबीच सजिलैसँग कुराकानी होस् भन्ने उद्देश्यले प्रविधिको प्रयोग गरेको उनको भनाइ छ । भिडियो कन्फ्रेन्स सञ्चालनका लागि प्राविधिक र फोकल पर्सन पनि राखिएको छ ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १४:११