माघी महोत्सव हुने

सुर्खेत : सुर्खेतमा माघी महोत्सव आयोजना गरिने भएको छ । बिहीवार वीरेन्द्रनगरमा बसेको थारु कल्याणकारिणी सभा सुर्खेतको भेलाले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो ।

आगामी माघ १ र २ गते माघी महोत्सव मनाउने निर्णय गरिएको सभाका सचिव जीतबहादुर चौधरीले जानकारी दिए । सभाले विगत एक दशकदेखि महोत्सव आयोजना गर्दै आएको छ । यस वर्ष १०आंै माघी महोत्सवको रूपमा माघी पर्वलाई मनाइने जनााइएको छ । महोत्सव आयोजनाका लागि थारु कल्याणकारिणी सभा सुर्खेतका अध्यक्ष बेचुलाल चौधरीको अध्यक्षतामा ६० सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । साँस्कृतिक उप–समिति, व्यवस्थापन उप–समिति, खेलकुद उप–समिति, आर्थिक उप–समिति, प्रचार–प्रसार उप–समिति समेत गठन गरिएको सचिव चौधरीले जानकारी दिए ।

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १४:०६