बाँसपानी घटनाको एक दशक

पीडितले अझै पाएनन् न्याय

मुना हमाल,
सुर्खेत : सुुर्खेत र बर्दिया राष्ट्रिय निकुुञ्जको सीमानामा पर्ने बाँसपानीमा भएको घटनाका पीडितले एक दशक बितिसक्दासम्म पनि न्याय पाएका छैनन् । बाँसपानीमा काउलो (जडिबुुटी) खोज्न गएको बेलामा नेपाली सेनाले गोली हानेर एक बालिकासहित तीन जना महिलाको हत्या गरेको थियो । तर राज्यबाट हालसम्म दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध नभएको पीडित परिवारको गुुनासो छ । नेपाली सेनाको ज्वाला दल गणबाट गएको गस्तीले सुुर्खेतको बराहताल गाउँपालिका (तत्कालीन हरिहरपुर गाविस) का ३५ वर्षीया देवीसरा सुनार, सुुनारकी छोरी १३ वर्षीया चन्द्रकला सुुनार र २९ वर्षीया अमृता सुुनारलाई गोली हानेर हत्या गरेको थियो । साथै कृष्णबहादुर सुनारलाई पक्राउ गरेर केही दिनपछि छोडिएको थियो ।

घटना भएको लामो समय बितिसक्दासम्म पनि आफूहरूले न्याय नपाएको पीडित परिवारले बताएको छ । बिहीवार वीरेन्द्रनगर आइपुगेका पीडित परिवारका सदस्यहरूले न क्षतिपूर्ति पाएको न त कानुनी रूपमा न्याय पाउन सकेको भन्दै दुखेसो पोखेका छन् । मृतक देवीसरा सुुनारकी छोरी शान्ति सुुनारले न्यायको पखाईमा एक दशक बितिसकेको बताइन् । ‘त्यसबेलामा छोराछोरी पढाइदिन्छौं, रोजगारी दिन्छौं भनेर भनेका थिए’ उनले भनिन्, ‘तर अहिलेसम्म हामीले केही पाएनौं । पढ्न पनि पाएनौं । सरकारले दोषीलाई कारबाही समेत गरेन ।’ यसरी भयो घटना २०६६ साल फागुुन २६ गते साँझ हरिहरपुुरका आठ जना (काउलो) जडिबुटी खोज्न बाँसपानी गएका थिए । रात परेपछि घर फर्कन ढिला हुुँदा उनीहरू बाँसपानीमै बास बसे । तर राती आठ बजेतिर सेनाको गस्तीले एक्कासी गोली चलायो । गोलीको आवाज सुुनेपछि आठ जनामध्ये चार जना भागे । एक जना बालिका, एक जना पुुरुष र दुुई जना महिलासहित चार जना भाग्न सकेनन्् ।

मृतक अमृता सुुनारका श्रीमान् रत्नबहादुर सुुनारले भने, ‘जडिबुुटी निकाल्न गएका हामी सबै जना सँगै बसेका थियौं । एक्कासी गोली चलेपछि चार जना साथीहरू भाग्न सक्यौं । मेरो दाइ, भाउजु, दाइको छोरी र मेरो श्रीमतीलाई सेनाले नियन्त्रणमा लियो । हामीले पछि मात्र थाहा पायौं तीन जनाको मृृत्युु भएको र दाइलाई पक्राउ गरेर ठाकुुरद्वार पुु¥याएको रहेछ ।’ उनले सेनाले रातभरी आफ्नो नियन्त्रणमा लिएर बिहान गोली हानी मारेको दावी गरे । महिलाहरूलाई बलात्कारपछि हत्या गरिएको हुुन सक्ने उनको भनाइ छ । आफू त्यहाँबाट भागेर घर आइसकेपछि बर्दिया राष्ट्रिय निकुुञ्जमा फोन गरेर एक जना पुुरुष र तीन जना महिना पक्राउ परेको विषयमा बुुझ्दा त्यहाँबाट यस बारेमा केही थाहा नपाएको जवाफ पाएका सुुनारले बिहान ८ बजेतिर बन्दुुक पट्किएको आवाज सुुनेको बताए ।

त्यस समयमा मानवअधिकारकर्मी, नागरिक समाजलगायतले यो घटनाबारे स्थलगल अध्ययन गरेका थिए । साथै उनीहरूले सेनाले हत्या गरेको प्रतिवेदनसमेत सार्वजनिक गरे । घटनालाई राष्ट्रियकरण गरेपछि तीन जनाको क्रिया खर्च भनेर गैरसरकारी संघ–संस्था र राष्ट्रिय निकुुञ्जले एकमुुष्ठ रूपमा पीडित परिवारलाई तीन लाख रूपैयाँ दिएको थियो । साथै मृतक परिवारका छोरा–छोरीलाई पढाइ दिने, रोजगारी दिने लगायतका सहमति भए पनि अहिलेसम्म कहींकतैबाट केही नपाएको पीडितको भनाइ छ ।

गरिबीका कारण आफूहरूले परिवारको सदस्य गुुमाउनुु परेको रत्नबहादुर सुुनार बताउँछन् । ‘कालापहाड गएर घर खर्च चलाउँदै आएका थियौं । अहिले पनि कमाउन भारतनै जान्छौं’ उनले भने, ‘कहिलेकाहीँ जडिबुुटी बिक्री गर्ने भएकाले त्यसदिन हामी जडिबुुटी निकाल्न गएका थियांै । सेनाले गोली हानेर मा¥यो । न अहिलेसम्म क्षतिपूर्ति पाएका छौं न राज्यले दोषीलाई कारबाही ग¥यो ।’

प्रकाशित मितिः   ४ पुष २०७६, शुक्रबार १४:१७