राष्ट्रिय झण्डा दिवसमा र्याली

सुर्खेत : ‘मेरो सान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो पहिचान’ नारालाई आत्मसात् गर्दै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा दोस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । कर्णाली यूथ पावरको सहकार्यमा राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा दिवस मनाइएको हो ।

कार्यक्रममा कर्णाली यूथ पावरका अभियन्ता सचिन तिमिल्सिनाले राष्ट्रिय झण्डा पहिचान मात्रै नभएर सबै नागरिकको गौरव पनि भएको बताइन् । तर राज्यले भने यसलाई महत्व नदिएको उनले असन्तुष्टी जनाइन् । सन् १९६२ डिसेम्बर १७ का दिन संयुक्त राष्ट्रिय संघबाट मान्यता पाइएको दिनलाई सम्झदै राष्ट्रिय झण्डा दिवस राज्यले नै विशेष कार्यक्रम गरेर मनाउनुपर्नेमा त्यसो हुन नसकेको उनको भनाइ थियो ।

त्यस्तै कार्यक्रममा कमल लामिछाने राष्ट्रिय झण्डाको अर्थ र यसको महत्वको बारेमा आफ्ना भनाइ राखेका थिए । अर्का युवा भीम थापाले पछिल्लो अवस्थामा राज्यस्तरबाट नै विभिन्न ठाउँमा राष्ट्रिय झण्डाको दुरूपयोग भएको बताए । स्थानीय मंगलगढी चोकबाट सुरु गरिएको झण्डा ¥याली वीरेन्द्रचोकमा कोणसभा गर्दै समापन भएको थियो ।

प्रकाशित मितिः   २ पुष २०७६, बुधबार ०९:३१