महिला सञ्जालमा वली

सुर्खेत : अन्तरपार्टी महिला सञ्जाल कर्णाली प्रदेशको अध्यक्षमा देवी वली चयन भएकी छन् । अन्तरपार्टी महिला सञ्जालको प्रदेशस्तरीय भेलाबाट वलीको अध्यक्षतामा प्रदेश समिति चयन गरिएको हो । कर्णाली प्रदेशसभा सदस्य समेत रहेकी वली नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की नेतृ हुन् ।

सञ्जालको उपाध्यक्षमा राष्ट्रिय जनता पार्टीका लिला सिंजापति, सचिवमा नेपाली कांग्रेसकी हिमाकुमारी वन, कोषाध्यक्षमा समाजवादी पार्टीकी डिलकुमारी खड्का चयन भएका छन् । १५ सदस्यीय सञ्जालको सदस्यमा नेकपाकी ललिता रेग्मी, लक्ष्मी शर्मा, लक्ष्मी कार्की, गोमा कुँवर चयन भएका छन् । त्यस्तै नेपाली कांग्रेसकी पार्वती गिरी, मनिषा रोकाय, मैना कार्की र विजया बुढामगर चयन भएका हुन् । मालेकी सीता वली, राजपाकी कविता देवी राव र समाजवादीबाट कमला भट्टराईसमेत सञ्जालको सदस्यमा चयन भएका छन् ।

प्रकाशित मितिः   २ पुष २०७६, बुधबार ०९:१८