वीरेन्द्रनगर सहकारीमा बिसी

सुर्खेत : वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्था सुर्खेतको अध्यक्षमा बमबहादुर बिसी चयन भएका छन् । संस्थाको १८औं वार्षिक साधारणसभाले बिसीको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत् रूपमा चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा कालीप्रसाद नेपाली, सचिवमा श्याम पौडेल र कोषाध्यक्षमा इन्द्रा हमाल चयन भएका छन् । यस्तै सदस्यहरूमा मोतीप्रसाद सापकोटा, रमेशकुमार सापकोटा, प्रेमबहादुर वली, कमल नेपाल, दुर्गाकुमारी खत्री, रञ्जना बुढा, बसन्ताकुमारी भण्डारी, कुमार सापकोटा र प्रदिप खड्का रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा प्रकाशकुमार सापकोटा चयन हुँदा सदस्यहरूमा गौतम बिसी र दुर्गाप्रसाद सापकोटा रहेका छन् ।

संस्थाले आर्थिक वर्ष २०७५÷०७६ को ३४ करोड ७३ लाख ८३ हजार कारोबार गरेको छ । चालु आर्थिक वर्ष २०७६÷०७७ मा ५७ करोड ३६ लाख ९५ हजार पु¥याउने लक्ष्य राखिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत छत्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार दश हजार एक सय ८१ जना सदस्य रहेको संस्थाले केन्द्रीय कार्यालयसहित अन्य सात वटा सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको छ । साथै सहकारीले अब भवन निर्माणका लागि आफ्नै जग्गा खरिद गर्ने निर्णय समेत गरेको अधिकृत थापाले जनाए । सहकारीले यस वर्ष विभिन्न चरणमा साधारणसभा गरेको छ । पहिले सात वटै सेवाकेन्द्रमा साधारणसभा गरेपछि वीरेन्द्रनगरमा त्यसलाई एकीकृत गरेर साधारणसभा सम्पन्न गरिएको हो । सभाको उद्घाटन सत्रका प्रमुख अतिथि एसियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरेले सहकारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याएको चर्चा गरेका थिए । साथै उनले सहकारी संस्थाहरूलाई अझ बलियो र प्रभावकारी बनाउन मर्जतर्फ केन्द्रित हुनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मितिः   ३० मंसिर २०७६, सोमबार ०९:२८