सिद्धार्थको अध्यक्षमा मगर

सुर्खेत : सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतको अध्यक्षमा टोपबहादुर टंलामीमगर चयन भएका छन् । संस्थाको शनिवार वीरेन्द्रनगरमा सम्पन्न १८औं वार्षिक साधारणसभाले मगरको अध्यक्षमा नयाँ कार्यसमिति सर्वसम्मत् चयन गरेको हो । संस्थाको उपाध्यक्षमा बीमा थापा मगर, सचिवमा डिलबहादुर पुलामी मगर र कोषाध्यक्षमा धनबहादुर सलामी मगर चयन भएका छन् । यस्तै सदस्यहरूमा डम्मर गरंजा, अनिता थापामगर, देउकली थापा, रुद्र बाकावाल मगर, दिलकुमारी रखाल, खगेन्द्र पुलामी र तुलाराम सिजाली चयन भएका छन् । लेखा समितिको संयोजकमा मिनबहादुर गरञ्जा तथा सदस्यमा नरेन्द्रबहादुर थापा र खगीसरा गुरुङ छन् ।

साधारणसभाको उद्घाटन सत्रमा कोषाध्यक्ष डिलबहादुर पुलामी मगरले वार्षिक आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक वर्ष २०७५÷०७६ मा दुई अर्ब ६ करोड ८० लाख ५० हजार बराबरको कारोबार गरेको जानकारी दिए । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७४÷०७५ मा एक अर्ब ५६ करोड तीन लाख ६ हजार रूपैयाँको कारोबार गरेको थियो । संस्थाको दश करोड ४७ लाख ६५ हजार आम्दानी गरेको जनाइएको छ । संस्थाले मासिक, आवधिक, ऐच्छिक, दैनिक र कोपिला बचत गर्दै आएको छ भने कृषि, व्यापारिक, शैक्षिक, वैदेशिक, घरजग्गा, सवारी साधान, युवा स्वरोजगार लगायतमा ऋण लगानी गर्दै आएको जनाएको छ ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १४:०३