सहकारी संघको साधारणसभा

सुर्खेत : कृषि सहकारी संघ सुर्खेतको १४आंै वार्षिक साधारणसभा शनिवार वीरेन्द्रनगरमा सम्पन्न भएको छ । सभामा दिइएको जानकारी अनुसार संस्थाले आर्थिक वर्ष २०७५÷०७६ मा २९ लाख बराबरको कारोबार गरेको छ । कार्यक्रममा जिल्ला सहकारी संघ सुर्खेतका अध्यक्ष अमृत बिसीले कृषिक्षेत्रको लागि छुट्याएको बजेट कृषि सहकारीमार्फत नै वितरण गर्नुपर्नेमा जोड दिए । उनले आम्दानी गर्ने स्रोतनै कृषि भएकाले कृषिमा लगानी बढाउनुपर्ने भन्दै यसका लागि स्थानीय र प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य हरिहरनाथ योगीले कृषि सहकारीहरूले व्यवसायमूलक सेवा दिनुपर्ने धारणा राखे ।

संघले आगामी दिनमा उन्नत बीउ, रासायनिक मल, सिँचाइ सुविधा, नगदे बाली तथा फलफूल उत्पादन, भण्डारण प्रशोधन तथा बिक्री वितरणको व्यवस्था गर्ने जनाएको छ । संघका अध्यक्ष पञ्चकला रावतले संघले आगामी दिनमा किसानहरूले उत्पाद गरेका कृषि सामग्रीहरूलाई बजारीकरण गर्नको लागि किसान कक्ष सञ्चालन गर्ने जानकारी दिइन् । कार्यक्रममा सहभागी अगुवा कृषकहरूले कृषि सहकारी संस्था फस्टाउन सके मात्र अन्य सहकारी संस्थाहरू अगाडि बढ्न सक्ने बताएका छन् । उनीहरूले कृषि सहकारी संस्थाहरूले कुनै न कुनै गतिविधि सञ्चालन गर्नुपर्ने भन्दै व्यावसायिक रूपमा कृषिमा लगानी गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १४:००