संगमको मुनाफा तीन लाख

सुर्खेत : संगम बचत तथा ऋण सहकारी संस्था वीरेन्द्रनगर–८ को १२औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष डिला भट्टराईको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य पदम दाहालको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । २८ हजार पू“जीबाट सुरुवात भएको संस्थाको शेयर पूँजी यस वर्ष १९ लाख ४२ हजार पुगेको छ । आर्थिक वर्ष २०७५÷०७६ मा संस्थाले एक करोड ९५ लाख ६१ हजार बराबरको कारोबार गरी तीन ३ लाख ३८ हजार मुनाफा गर्न सफल भएको छ । साथै आगामी वर्षका लागि दुई करोड ४० लाख बराबरको प्रस्तावित आय–व्यय सभामा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संस्थाले विगतमा जस्तै यस वर्ष पनि असल बचतकर्तामा टीकाकुमारी देवकोटा, बाल बचतकर्तामा प्रतिष्ठा बास्कोटा, उद्यमीमा डिलाराम ज्ञवाली र शैक्षिक सत्र २०७५ को एसईई परीक्षामा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने छात्रातर्फ मेनुका वली र छात्रतर्फ श्रवण चालिसेका साथै ज्येष्ठ शेयर सदस्यतर्फ गंगाराम भट्टराई र चन्द्रा चालिसेलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।

सभामा बोल्दै वृद्ध सेवा केन्द्र सुर्खेतका अध्यक्ष डम्मर आचार्य, जिल्ला सहकारी संघका सचिव रविन्द्रजंग शाह, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य पदम दाहाल लगायतले सहकारीले सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा जोड दिनुपर्ने धारणा राखे ।
यसैबीच वृद्ध सेवा केन्द्रले स्थापना गरेको अक्षयकोषमा संस्थाका अध्यक्ष डिला भट्टराईले स्वर्गीय बुवाआमाको सम्झनामा पा“च हजार ५० रूपैयाँ र लेखा संयोजक विष्णुप्रसाद बास्कोटाले आफ्नो स्वर्गीय बुवाको सम्झनामा पाँच हजार पाँच सय ५५ रूपैयाँ प्रदान गर्ने घोषणा गरे ।

प्रकाशित मितिः   २९ मंसिर २०७६, आईतवार १३:५९